आतंकवादी घटनाले चुनाव रोकिन्न: टरिजा मे

  • 4 जुन 2017
टरिजा मे
Image caption ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बिहीबारको चुनाव हुने बताएकी छन्

ब्रिटिश प्रधामन्त्री टरिजा मेले पछिल्ला आतंकवादी घटनाहरु भएपनि बिहीबार तय गरिएको आम निर्वाचन नरोकिने बताएकी छन्।

उनले भनिन्, प्रजातान्त्रिक प्रक्रियालाई आतंकवादले अवरुद्ध पार्न दिन हुँदैन।

उनी सात जना मारिएको र करिब ५० जना घाइते हुने गरी लण्डनमा भएको आतंकवादी आक्रमण पछि बोल्दैथिइन्।

घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ।

भयभीत नहुन लण्डन मेयरको आग्रह

तस्वीरमा लण्डन हमला

'विकृत रुप'

उनले आक्रमणपछि सारा मुलुक एकबद्ध हुन आह्वान गरेकी छन्।

मेले लण्डन र म्यानचेष्टरमा भएका तीनवटा पछिल्ला आक्रमणहरु एउटा अतिवादी सिद्धान्तसँग सम्बद्ध रहेको बताइन् जसलाई उनले इश्लामको विकृत रुप र सत्यको विकृत रुप भनिन्।

ब्रिटिश प्रधानमन्त्रीले ती घटनाहरु ब्रिटिश मान्यता विपरित रहेको बताइन्।

उनले ब्रिटिशहरुलाई एक रहन र अतिवादीका विचारहरुलाई सहनशील बनेर स्थान नदिन आग्रह गरिन्।

ब्रिटेनका मुख्य दलहरुले आफ्ना चुनाव अभियान स्थगित गरेका छन्।