भित्तामा मोटरबाइक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भित्तामा मोटरबाइक

  • 28 जुन 2017

कार्मिला पूर्वा इन्डोनेसियाको सुमात्रा टापुमा साहसिक मोटरबाइक खेल प्रदर्शन गर्ने पहिलो किशोरी हुन्।

उनले १२ वर्षको उमेरदेखि नै मोटरबाइक चलाउन शुरु गरेकी थिइन्।

मानिसहरुको मनोरन्जनकालागि उनले हरेक राती एउटा ठाडो भित्तामा मोटरबाइक चलाएर देखाउँछिन्।

यो काम जोखिमपूर्ण भएपनि आफुलाई रमाइलो लाग्ने गरेको उनले बताइन्।

सर्कसमा काम गर्न आफुलाई कसैले कर नगरेको तर परिवारकालागि यो पेशा अपनाएको उनले बताइन्।

बीबीसी रिपोर्ट (भिडियो)