गाईको नाममा हत्या अस्वीकार्य: मोदी

  • 30 जुन 2017
प्रधानमन्त्री मोदी तस्वीर कपीराइट Getty Images
Image caption प्रधानमन्त्री मोदीले गाई संरक्षणका नाममा मान्छेको हत्या अस्वीकार्य छ भनेका छन्

एकजना मुशलमान किशोरलाई रेलमा हिन्दू पुरुषहरुले हत्या गरेको केही दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया आएको छ।

हिन्दूहरु गाईलाई पवित्र जनावर मान्छन् र गौ हत्या धेरै राज्यहरुमा प्रतिबन्धित छ।

मुश्लिम र दलितहरुमाथि विजिलान्ते समूहले गर्दै आएका आक्रमणका विरुद्ध बुधबार हजारौं भारतीयहरु सडक प्रदर्शनमा सहभागी भएका थिए।

ह्यासट्याग नटइनमाइनेम अर्थात मेरो नाममा गर्न पाइन्न भन्ने ब्यानर बोकेर त्यस्तै प्रकारका प्रदर्शनहरु दिल्ली, मुम्बइ, ब्याङलोर, हैदराबाद, लखनौ र अलाहबाद अनि लण्डमा भएका थिए।

आलोचक

यो हप्ताको अन्त्यतिर चेन्नइ र क्यानडाको टोरोन्टो, अमेरिकाको बोष्टन र पाकिस्तानको कराचीमा त्यस्तै विरोध प्रदर्शन आयोजना गर्ने भनिएको छ।

भारतमा ‘लिंचिंग’ विरुद्ध प्रदर्शन

सरकारका आलोचकहरु भन्छन्, हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन २०१४ मा सत्तामा आएपछि गाई संरक्षणका नाममा विजिलान्तहरुले गाइको मासु खाने समुह- मुश्लिम र दलितहरुमाथि आक्रमणहरु गरेका छन्।

उनीहरुले आक्रमणको भत्सर्ना नगरेको भनेर मोदीको आलोचना गरेका छन्।

यस्ता आक्रमणमा करिब एक दर्जन मारिएका छन्।

तस्वीर कपीराइट .
Image caption दर्शनकारीहरुले ब्यानर बोकेर बिरोधका गीत गाएका थिए

आक्रमण हल्लाका आधारमा गर्ने गरिएको र दूध खानका लागि गाई ओसार पसार गरेका मुशलमानहरुमाथि पनि आक्रमण भएको बताइएको छ।

बिहीबार मोदीले उनको गृह राज्य गुजरातमा एउटा समुहलाई भने- गाई संरक्षणका नाममा मानिस मार्नु स्वीकार्य छैन। त्यस्ता मान्छेले महात्मा गान्धीको सिद्धान्त मानेको हुन सक्दैन।

मोदीले भने- समाजमा हिंसालाई कुनै ठाउँ छैन कानून आफ्नो हातमा लिने अधिकार कसैलाई छैन।

मोदीले गाई विजिलान्ते समूहबारे प्रतिक्रिया व्यक्त गरेको यो पहिलोपटक होइन।

यस्तै प्रतिक्रिया उनले गत अगष्ट महिनामा पनि दिएका थिए। तर गाईको मासु खाएको या गाई मारेको आरोपमा मुशलमानको टाउको गिँडने काम भने जारी रहेको छ।