मेटल डिटेक्टर हटाउने इजरेलको निर्णय

  • 25 जुलाई 2017
मेटल डिटेक्टर जेरुसलेम तस्वीर कपीराइट Reuters

इजरेलले पूर्वी जेरुसलेमको एउटा पवित्रस्थलबाट मेटल डिटेक्टर अर्थात धातुको पहिचान गर्ने उपकरण हटाउने निर्णय गरेको छ।

गत हप्ता त्यस्तो उपकरण राखिएदेखि प्यालेस्टिनीहरुले त्यसको विरोध गर्दै आएका छन्। इजरेलले मेटल डिटेक्टरका सट्टामा अलि कम वाधा गर्ने उपकरण राख्ने जनाएको छ।

मुसलमान नेताहरुले भने श्रद्धालुहरुलाई सो स्थल बहिष्कार गरिराख्न आह्वान गरेका छन्। मेटल डिटेक्टर राखिएपछि त्यो ठाउँमा भयानक झडप भएका थिए।

त्यसलाई प्यालेस्टिनीहरुले सो क्षेत्रमाथि नियन्त्रण गर्ने इजरेलको प्रयासका रुपमा हेरेका थिए।

सुझाव

इजरेलले भने हतियारहरु लुकाएर लिएर जान नदिनका लागि त्यस्तो कदम आवश्यक भएको बताएको थियो।

गत जुलाई महिनाको १४ तारिखमा इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यस्तो कदम चालिएको थियो।

यहुदीहरुले टेम्पल माउण्ट र मुसलमानहरुले हरम-अल-शरिफ भन्ने त्यो स्थलमा ती बन्दुकधारीले हतियार लुकाएको प्रहरीले जनाएको छ।

सुरक्षा निकायहरुले मेटल डिटेक्टरको सट्टामा आधुनिक प्रविधियुक्त उपकरण राख्ने सुझाव दिएको इजरेली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

तस्वीर कपीराइट Reuters

आह्वान

त्यस्तो नयाँ प्रविधि आगामी ६ महिनाभित्रमा राखिने र त्यतिञ्जेल सम्म सो स्थलको वरिपरि थप प्रहरी खटाइने सो कार्यालयले बताएको छ।

तर त्यो पवित्र स्थलसंग सम्बन्धित मुसलमान निकाय वक्फले दर्शनार्थीहरुलाई त्यहाँ नजान आह्वान गरेको छ।

मेटल डिटेक्टरहरु त्यहाँ रहेसम्म त्यो परिसरमा नछिर्ने भन्दै थुप्रै प्यालेस्टिनीहरु पुरानो शहरस्थित त्यो मस्जिदबाहिरको सडकमा प्रार्थना गरिरहेका थिए।

त्यो पवित्र स्थलमा उत्पन्न भएको संकट मेटल डिटेक्टरको उपस्थितिको बारेमा मात्रै थिएन।

बाब

प्यालेस्टिनीहरुको राष्ट्रियताको आकांक्षाको शक्तिशाली प्रतीकका रुपमा रहेको सो मस्जिदमाथि चालिएका कदमलाई उनीहरुले अधिनस्थ पूर्वी जेरुसलेममा नियन्त्रण बढाउने जेरुसलेमको प्रयासका रुपमा हेरेका छन्।

इजरेलले भने त्यो कदमलाई, उसकै शब्दमा, "संसारको सबभन्दा संवेदनशील क्षेत्र"लाई सुरक्षित तुल्याउने प्रयासका रुपमा हेरेको छ।

दुबै पक्षका नेतामाथि पछि हटेजस्तो नदेखिने दबाब छ।

अन्तर्राष्ट्रिय रुपमै समाधान खोज्न माग गरिएपछि दुबै पक्षमाथि दबाब बढेको छ, तर त्यो संकट समाधान भएजस्तो अझै पनि देखिएको छैन।