वैकल्पिक उर्जा

विन्ड टरबाइन

वायु उर्जाको सदुपयोग नेपालका केही ठाउँमा हुन थालेको छ

विद्युत आपुर्तीमा कटौती र हावापानी परिवर्तनका प्रभाव जस्ता समस्याहरूसित नेपालले जुध्नु परिरहेको बेला, बीबीसी नेपाली सेवाले एउटा नयाँ श्रृङ्खला ‘वैकल्पिक उर्जा’ शुरू गरेको छ।

यस कार्यक्रममा घाम, पानी, हावा र मलबाट उर्जा निकाल्ने प्रविधी र तीनको बढ्दो प्रयोगबारे चर्चा गरिनेछ।

विदेशी दातृ संस्थाहरूको सहयोगमा ग्रामिण क्षेत्रमा विशेष गरी घाम र गोबरबाट उर्जा निकाल्ने कार्यक्रम निकै सफल भएको बताइएपछि, आजभोलि शहरी क्षेत्रमा पनि यस्ता वैकल्पिक उर्जाको प्रयोग बढदै गएको छ।

लोडशेडिङ्बाट केही राहत पाउन पनि शहरवासीले बढ्दो रूपमा सौर्य उर्जाको प्रयोग गर्न थालेका देखिएको छ, जुन कुरालाई यस श्रृङ्खलामा समावेश गरिएको छ।

विद्युत आपुर्तीमा कटौतीका कारण शहरी क्षेत्र अँध्यारोमा रूमल्लीरहँदा, लघु जलविद्युत आयोजनाहरूले विकटका गाउँघरहरूलाई झलमल्ल बनाएकालाई पनि वैकल्पिक उर्जाको अर्को उदाहरणका रूपमा लिने गरिन्छ।

नेपालका केही ठाउँमा हावाबाट उर्जा निकाल्ने प्रयास पनि थालिएका छन्।

गोबर ग्याँसबाट उर्जाको उपयोग तीन लाख नेपाली घरधुरीले गरेको मात्र नभइ, नेपालले सो प्रविधीलाई अफ्रिका तथा पूर्वी एसियाका थुप्रै देशमा समेत पु-याएकोबारे पनि यस कार्यक्रममा चर्चा गरिनेछ।

यस्ता नविकरणीय उर्जाकालागि आवश्यक उपकरणहरू भारत र चीनमा बढदो रूपमा बन्न थालेपछि, नेपाललाई फाइदा पुगेको विज्ञहरू बताउँछन्।

उनीहरू त्यस्ता उपकरणहरू विगतमा पश्चिमा देशहरूबाट आयात गर्दाको भन्दा अहिले सस्तोमा र सजिलो गरी प्राप्त हुने भएकाले नेपालले वैकल्पिक उर्जाको प्रयोग उल्लेख्य रूपमा बढाउनु पर्ने बताउँछन्।

त्यसरी वैकल्पिक उर्जाको खपत बढेपछि नेपालको विद्युत संकट कम गर्ने दिशामा सहयोग पुग्नुको साथै हावापानी परिवर्तन विरूद्धको विश्वव्यापी लडाईंमा नेपालले पनि केही भूमिका खेल्ने विषय पनि यस श्रृङ्खलामा पर्ने छ।

कार्यक्रमहरू सुन्न तलका लिंकहरूमा क्लिक गर्नुहोस्

क्लिक गर्नुहोस् वैकल्पिक उर्जाको बल-31.10.11

क्लिक गर्नुहोस् घामबाट गर्न सकिने काम-07.11.11

क्लिक गर्नुहोस् भान्सामा गोबरग्यास, महिलालाई राहतको सास-14.11.11

क्लिक गर्नुहोस् नेपाली गोबरग्यास प्रविधी विदेशमा-21.11.11

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।