द्वन्द्वको घाउ

  • 8 मार्च 2013
छोरा, छोरीका साथ तुलसी विक
Image caption रोल्पाकी तुलसी विकजस्ता हजारौ पीडितहरु अहिले पनि द्वन्द्वको घाउ बोकर बांची रहेका छन्

तत्कालिन विद्रोही नेकपा माओवादीद्वारा २०५२ साल फागुनमा शुरु गरिएको सशस्त्र द्वन्द्व दश वर्षछि एउटा बृहत् शान्ति संझौता गर्दै सम्पन्न भयो।

एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा झण्डै सोह्र हजार नेपालीहरुको ज्यान गएको थियो भने हजारौं अंगभंग भए, हजारौं विस्थापित भए, सैयौं बेपत्ता पारिए।

देशले अरबौं रुपियां बराबरको आर्थिक क्षति ब्यहोर्नु पर्यो।

शान्ति संझौता सकिएको ६ बर्ष पुरा भैसक्दा पनि देशमा दीगो शान्ति र नयां संविधानको आशा पुरा हुनसकेको छैन।

हजारौं द्वन्द् पीडितहरु अहिले पनि द्वन्द्वको पीडा बोकेर बांच्न वाध्य छन्।

यसै सिलसिलामा बीबीसी नेपाली सेवाका प्रड्युसर भगीरथ योगीले सशस्त्र द्वन्द्वबाट अत्यधिक प्रभावित मध्यपश्चिमको रोल्पा र दाङ जिल्लाको भ्रमण गरी स्थानीय जनता र द्वन्द् पीडितहरुसंग कुराकानी गरेका थिए।

उनले तयार गरेको “द्वन्द्वको घाउ” नामक यो श्रृंखला सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

भाग एक - पीडितहरुको कथा, व्यथा

भाग दुई - रोल्पामा विकासको आकांक्षा

भाग तीन - शिक्षा क्षेत्रमा असर

भाग चार - रोल्पामा विकासका संभावना र चुनौती

भाग पांच - दाङ्गमा जग्गाकब्जाको समस्या

भाग ६ - दाङ्गमा द्वन्दवको चपेटामा परेका किसान परिवारहरुबारेको एक रिपोर्ट

भाग सात - द्वन्द्वबाट शान्तितर्फ