Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

सारांश

  1. स्थानीय निर्वाचनको दोस्रो चरण अन्तरगत प्रदेश नम्बर १,५ र ७ मा मतदान
  2. १५ हजारभन्दा बढी पदको निम्ति करिब ६२ हजार उम्मेदवार
  3. तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तह
  4. झण्डै ६४ लाख मतदाता
  5. ४१ जना उम्मेदवार निर्विरोध

प्रत्यक्ष रिपोर्टिंग

सबै युके समय अनुसार

पहिलो चरणमा भन्दा दोस्रोमा धेरै मत खसेको अनुमान

निर्वाचन आयोगले तीनवटै प्रदेशका स्थानीय तहमा खसेको मतको विवरण संकलन गरिरहेको जनाएको छ।

यद्यपि आयोगका अधिकारीहरुले पहिलो चरणको स्थानीय चुनावमाभन्दा यसपटक बढी मत खसेको अनुमान गरेका छन्।

पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो।

अहिले साँझ ६ बजे काठमाण्डूमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले विस्तृत विवरण सार्वजनिक गर्दैछ।

निर्वाचन
BBC

'मतदान केन्द्रमा ५ बजेभित्र छिर्नेले मत खसाल्न पाउने'

मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो। तर कैयौँ स्थानमा लामो लाइनका कारण ५ बजेपछि पनि मतदान भइरहेको छ। निर्वाचन अधिकारीहरुले साँझ ५ बजेभित्र मतकेन्द्रमा पुगिसकेका मतदाताले मत खसालिरहेको जनाएका छन्।

निर्वाचन
BBC

वर्षा भएपनि उत्साहजनक उपस्थिति

कतिपय स्थानमा वर्षा भएपनि बिहानैदेखि मतदाताहरु मत खसाल्न लाम बसेका थिए।

निर्वाचन आयोग
BBC

प्रदेश ५ मा 'उत्साहजनक मतदान'

बाँकेमा ७५ प्रतिशत, दाङमा ६५ प्रतिशत, रोल्पामा ६० प्रतिशत, प्यूठानमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै हाम्री दाङ संवाददाता बसुन्धरा गौतमले जनाएकी छन्।

सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार

स्थानीय तहको पुनर्संरचना गर्दा अपायक केन्द्र तोकिएको भन्दै सोलुखुम्बुको एउटा गाउँका सबै बासिन्दाले मतदान बहिष्कार गरेका छन्। सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार

निर्वाचन
BBC

राजपाको बन्दले प्रदेश २ 'प्रभावित'

प्रदेश नम्बर १ , ५ र ७ मा आज भइरहेको चुनावको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले तराईका कतिपय जिल्लामा गरेको बन्द हडतालले जनजीवन प्रभावित भएको विवरण आएका छन्।

प्रदेश नम्बर २ को चुनाव असोज २ गतेका लागि सरिसकेको अवस्थामा बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै उद्योगी तथा सर्वसाधारणले असन्तुष्टि प्रकट गरेको बीबीसीकी वीरगञ्ज संवाददाता माधुरी महतोले जनाएकी छन्।

मतदानका केही तस्वीरहरु

स्थानीय चुनावको दोस्रो चरणमा विभिन्न तीन प्रदेशमा भएका मतदानका केही तस्वीरहरु हेर्नुहोस्।

http://www.bbc.com/nepali/news-40426548

'प्रदेश १ मा मतदान शान्तिपूर्ण'

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी प्रेमप्रसाद सन्जेलले हाम्री धरान सम्वाददाता सीता मादेम्बालाई दिएको जानकारी अनुसार, प्रदेश १ का १४ जिल्लामा अहिलेसम्म ६० प्रतिशत मतदान भएको छ। मतदान शान्तिपूर्ण रहेको अधिकारीहरुले बताएका छन्।

'वृद्धवृद्धाको पनि उत्साहजनक उपस्थिति'

मतदानमा वृद्धवृद्धाहरुको पनि उत्साहजनक उपस्थिति देखिएको छ। कतिपय स्थानमा वर्षा भएपनि उनीहरुले मतदान केन्द्रसम्म पुगेर मत खसालेका छन्।

निर्वाचन
BBC

'६२ प्रतिशतसम्म मत खस्यो'

स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत तीन वटा प्रदेशमा दिउँसो ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन्।

रुकुम र धनकुटा जिल्लामा सबैभन्दा बढी ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

अधिकांश जिल्लामा ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको बताइएको छ।

स्थानीय चुनाव
BBC

‘मतदान शान्तिपूर्ण’

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश १, ५ र ७ मा स्थानीय चुनावको दोस्रो चरण अन्तर्गत मतदान शान्तिपूर्ण रुपमा भइरहेको बताएका छन्।

निर्वाचन आयोग
BBC