तस्वीरमा: पूर्वी अलेप्पोका क्षतविक्षत नगर

  • 21 जनवरी 2017

एकताका यो सिरियाको सबभन्दा ठूलो शहर थियो। तर चार वर्ष यता देशमा चलेको गृहयुद्धको केन्द्रविन्दुमा रहेपछि यो शहरको अधिकांश भाग ध्वस्त भएका छन्। बीबीसीका मध्येपूर्व मामिलाका सम्पादक जेरेमी बोवेनले विगतमा विद्रोहीद्वारा नियन्त्रित पूर्वी अलेप्पोका हाल सुनसान देखिने सडकहरुमा यात्रा गरेका छन्।

पूर्वी अलेप्पोको एउटा गल्लीमा आवतजावत रोक्न बनाइएका ब्यारिकेड तस्वीर कपीराइट Jeremy Bowen
Image caption विगतमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी अलेप्पोको एउटा गल्लीमा आवतजावत रोक्न बनाइएका ब्यारिकेड
युद्धले ध्वस्त अलेप्पोका भवनहरुको छेउबाट बालबालिका हिंड्दै तस्वीर कपीराइट Jeremy Bowen
Image caption युद्धको विनाशले शिक्षा, बालापन तथा जीवन नष्ट गर्यो
पूर्वी अलेप्पोमा एक बालक काँक्रो खाँदै अनि आगो ताप्दै तस्वीर कपीराइट Jeremy Bowen
Image caption ताजा काँक्रो र न्यानो पार्न आगो। पूर्वी अलेप्पोमा विद्रोही धपाउन युद्ध चर्किएपछि किसानहरुले आफ्ना उत्पादन पनि ल्याउन सकेनन्
पूर्वी अलेप्पोमा ट्यांकीको पानी संकलन गर्दै मानिसहरु तस्वीर कपीराइट Jeremy Bowen
Image caption पूर्वी अलेप्पोमा अधिकांशका लागि खानेपानीको स्रोत यही हो। करिब ४० हजार मानिस पुन: यहाँ फर्किसकेका छन्
पूर्वी अलेप्पोमा परिवारका लागि पानी संकलन गर्दै एक बालक तस्वीर कपीराइट Jeremy Bowen
Image caption ऊ आफ्ना परिवारका लागि पानी संकलन गर्दैछ। उसको दायाँ आँखा नजिक नियालेर हेर्नुस् त। उसको छालाभित्र छर्रा परेको छ
अलेप्पोका बालबालिका फोटो खिंचाउँदै तस्वीर कपीराइट Jeremy Bowen
Image caption युद्धमा सबभन्दा धेरै पीडा बालबालिकाले बेहोर्छन्। तर तिनीहरु छिट्टै सम्हालिन्छन् पनि। यी केटाकेटीले 'हलब' (अलेप्पो) को नारा लगाउँदै थिए
पूर्वी अलेप्पोमा बेच्न राखिएका कपकेक तस्वीर कपीराइट Jeremy Bowen
Image caption पुरानो नगरको केन्द्रमा विनाशका माझ एक बेकरलाई भने मानिसहरुलाई सबभन्दा आवश्यक कपकेक पो हो कि भन्ने लागेछ
पूर्वी अलेप्पोमा झोला बोकेकी एक बालिका तस्वीर कपीराइट Jeremy Bowen
Image caption सिरियामा कैयौं बालबालिका स्कूल जाँदैनन्। पूर्वी अलेप्पोमा उनीहरु बाँच्नका लागि हरदम संघर्षरत छन्
पूर्वी अलेप्पोका खाली सडक तस्वीर कपीराइट Jeremy Bowen
Image caption पू्र्वी अलेप्पोका खाली तथा ध्वस्त सडकहरुले त्रासको अनुभूति गराउँछ। लाग्छ यहाँ भएका हिंसा र मृत्युले यो स्थानलाई तर्साएको छ
अलेप्पोको पुरानो नगरस्थित बालुवाका बोराको पर्खाल तस्वीर कपीराइट Jeremy Bowen
Image caption अलेप्पोको पुरानो नगर भित्रको दृश्य जुन विद्रोही नियन्त्रित इलाकाको अग्रभागमा थियो।

Follow Jeremy Bowen on Twitter