BBC Nepali

मुख पृष्ठ > समाचार

'राष्ट्रिय सरकारले पत्राचार गरे मात्र भारतबाट हातहतियार'

Facebook Twitter Google+
14.07.12 NST
nepal army

भारतीय स्थल सेना प्रमुख आफ्नो पाँचदिने नेपाल भ्रमण सम्पन्न गरी शनिबार फर्केका छन तर अपेक्षा गरिए झैं नेपाली सेनामा सात वर्षदेखि ठप्प रहेको हातहतियार खरिद प्रक्रिया शुरु गर्नेबारे कुनै संकेत मिलेको छैन।

दिल्लीस्थित भारतीय सेनाका एकजना पूर्व रथीले सातवर्षदेखि गोरखपुरमा रोकिएका हातहतियार लगायतको आपूर्तिका लागि नेपाल सरकारको पत्र आवश्यक रहेको र त्यो अहिलेको काम चलाउ सरकारबाट नभै राष्ट्रिय सहमतिको सरकारका तर्फबाट आउनुपर्ने बताएका छन्।

रोकावट

नेपालमा माओवादी सशस्त्र द्वन्द्व चर्किंदै जाँदा सन् २००२ देखि २००५ सम्म भारतबाट अरबौं रुपैयाँ बराबरको हातहतियार आएको बताइन्छ।

त्यसै क्रममा सन २००५मा गोरखपुर आइपुगेर रोकिएको हतियार अहिले पनि त्यहीं रहेको बताइन्छ।

नेपाल मामिलामा दखल राख्ने भनिएका एकजना भारतीय प‍्रर्व रथी अशोक मेहता त्यसका लागि नेपाल सरकारको लिखित पत्र आवश्यक रहेको बताउँछन्।

उनी भन्छन्, "कामचलाउ सरकारको चिठिले त हुँदैन राष्ट्रिय सरकार बनेर त्यसले चिठि लेख्यो भने कम्तिमा गोरखपुरमा रोकिएका हातहतियार भारत सरकारले तुरुन्तै नेपालका लागि खुला गरिदिनेछ।"

संकट

नेपाली सेनामा हतियारको संकट परिसकेको मेहताको बुझाइ छ।

हतियार संकटबारे नेपाली सेनाले टिप्पणी गर्न चाहेन।

सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले भारतीय प्रमुखको नेपाल भ्रमण पारम्परिक रहेको बताएका छन्।

आफू भारतीय स्थल सेना प्रमुख बन्ने बित्तिकै पहिलो भ्रमणका लागि नेपाल रोजेका बिक्रम सिंह भन्दा पहिलेका सेना प्रमुख भीके सिंहले करिब तीन महिना अघि नेपालको भ्रमण गरेका थिए।

बुकमार्क गर्नुहोस्

Email Facebook Google+ Twitter