ओलिम्पिक्स यात्राको सपना

पछिल्लोपल्ट अपडेट गरिएको: 07.03.12, 18:16 NST सम्मका समाचार

ओलिम्पिक यात्राको सपना

  • युसेइन बोल्ट, जमैकाका धावक र २०१२ ओलिम्पिकप्रति आशावादी

    “म अझै नायक भैसकेको छैन। म त्यस तर्फको यात्रामा छु तर मलाई लण्डन जानुछ र मानिसहरुलाई प्रभावित पार्नु छ।“

    युसेइन बोल्ट, जमैकाका धावक

  • नादेर एल मास्री, लामो दुरीका धावक र २०१२ ओलिम्पिकप्रति आशावादी

    “मसंग एकजना प्रशिक्षक त छन् तर गाजामा मेरो स्तरका अरु कोही छैनन्। मैले सबैजसो प्रशिक्षण र अभ्यास आफू एक्लैले गर्नु पर्छ।“

    नादेर एल मास्री, लामो दुरीका धावक

  • एलिस्टेयर ब्राउनली, ब्रिटेनका दोहोरो विश्व ट्र्याईअथलोन विजेता र २०१२ ओलिम्पिकप्रति आशावादी

    "दोहोरो विश्व च्याम्पियन हुनु मेरो लागि विशेष, विशेष दिन थियो। यस्तो खुशी व्यक्त गर्न पाउने संसारमा त्यत्ति धेरै मानिसहरु छैनन्।"

    एलिस्टेयर ब्राउनली, ब्रिटेनका दोहोरो विश्व ट्र्याईअथलोन विजेता

  • हैदर रशीद, इराकका नौका चालक र सन् २०१२ ओलिम्पिक्सप्रति आशावादी

    "म छनौटमा पर्नका लागि सकेसम्म मेहनत गर्छु किनकी मैले त्यसो गर्न जरुरी छ।"

    हैदर रशीद, इराकका नौका चालक

  • ओल्गा खारलान, युक्रेनकी ओलिम्पिक तरवारबाज  र लण्डन ओलिम्पिक्सप्रति आशावादी

    “मेरा हजुरबुवा भन्छन् मैले जिन्दगीमा पहिले नै ति सबथोक पाइसकें जो उनले आफ्नो सम्पूर्ण जीवनमा पाउन सकेनन्।“

    ओल्गा खारलान, युक्रेनकी ओलिम्पिक तरवारबाज

  • माईलिन्डा केलमेन्दी, कोसोभोकी जुडो खेलाडी र लण्डन ओलिम्पिक्सप्रति आशावादी

    “मैले कोसोभोको प्रतिनिधित्व गर्नका लागि केहि ठूला देशहरुबाट आएका निकै राम्रा प्रस्तावहरु अस्वीकार गरेकी छु र म कसैले मकहां आएर यो गर्न सम्भव छैन भनेको सुन्न चाहन्न।“

    माईलिन्डा केलमेन्दी, कोसोभोकी जुडो खेलाडी

  • लुओल डेंग, संयुक्त अधिराज्यका बास्केटबल खेलाडी र २०१२ लण्डन ओलिम्पिक्सप्रति आशावादी

    “दक्षिण सुडानबाट भागेर हामीसबै यो ठाउंमा पुग्न सकेकोमा म निकै खुशी छु। म निकै खुशी छु की मेरा आमाबुवाले समेत यो दिन देख्‍न सकेका छन्। तिनीहरुले जे बलिदान गरे त्यसको मूल्य सहि थियो।“

    लुओल डेंग, संयुक्त अधिराज्यका बास्केटबल खेलाडी

  • एम सी मेरी कोम, भारतीय महिला बक्सर र २०१२ लण्डन ओलिम्पिक्सप्रति आशावादी

    “हाम्रो छोराको शल्यक्रिया अघि प्रतियोगिताका निम्ति जाने निर्णय गर्नु निकै संवेदनापूर्ण थियो तर उनले मलाई आफू शिर्षस्थानमा पुगेर छाड्ने बताएकी थिइन् र तिनले आफ्नो बचन पूरा गरेकोमा म खुशी छु”- ओमलेर कोम

    तस्वीर: एम सी मेरी कोम, भारतीय महिला बक्सर

  • मर्लिन डायमण्ड, नामीबीयाका धावक र २०१२ ओलिम्पिक्सका आशावादी

    “यदि कोही राम्रो जीवनको खोजीमा छ र आफूले गरेको कामबाट कोही केहि हासिल गर्न चाहन्छ भने उस्ले धेरै कुराको बलिदान गर्नुपर्ने हुन्छ।“

    मर्लिन डायमण्ड, नामीबीयाका धावक

  • रोहुल्लाह निकपाई, अफगान तेक्वान्दो खेलाडी र २०१२ लण्डन ओलिम्पिक्सका आशावादी

    “पदकहरु जीतेर म आफ्नो देशमा शान्ति र समृद्धि ल्याउने आशा राख्दछु।“

    रोहुल्लाह निकपाई, अफगान तेक्वान्दो खेलाडी

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।