चुनौतीपूर्ण भूमिकामा दक्षिण एशियाली महिला

पछिल्लोपल्ट अपडेट गरिएको: 15.04.12, 18:32 NST सम्मका समाचार

चुनौतीपूर्ण भूमिकामा दक्षिण एशियाली महिला

  • कृष्णकुमारी परियार, संविधानसभा सभासद, नेपाल

    कृष्णकुमारी परियार, संविधानसभा सभासद, नेपाल

    कृष्णकुमारी परियार संविधानसभाको सभासद हुनु भन्दा पहिले पोखरामा सुचीकार थिइन्। उनको दिनचर्या नेपाली कांग्रेसको कार्यकर्ताको काम बाहेक ग्राहकहरुको लुगा सिलाउनु थियो, जस्बाट उनको गुजारा चल्ने गर्दथ्यो। विद्यालयमा छंदा साथीहरुले आफूलाई अछुत भनी गर्ने गरेको भेदभावपूर्ण व्यवहारबाट आफूलाई अहिले राजनीतिमा सकृय रहन बल मिलेको कृष्णाकुमारी बताउंछीन्।

  • कृष्णकुमारी परियार, संविधानसभा सभासद, नेपाल

    कृष्णकुमारी परियार, संविधानसभा सभासद, नेपाल

    संविधानसभाबाट नयां संविधान जारी भएको दिन आफ्ना लागि सबैभन्दा खुशीको दिन हुने उनको भनाई छ। उनी भन्छिन्,”त्यसपछि म जनताले दिएको जीम्मेवारी पूरा गर्न सफल भएं भनेर गर्वका साथ भन्न सक्नेछु।”

  • नासरा अफ्रोज, सैनिक मेजर, बांग्लादेश

    नासरा अफ्रोज, सैनिक मेजर, बांग्लादेश

    मेजर नासरा अफ्रोजले सन् २००३ मा बांग्लादेशी सेनामा सेकेण्ड लेफ्टिनेन्ट पदबाट सैनिक सेवा शुरु गरेकी हुन्। आठौं फिल्ड रेजिमेन्ट आर्टिलरीको एकजना अधिकृतका रुपमा मेजर नासराले निर्णायक र नेतृत्वदायी भूमिका खेल्नु पर्छ। उनको कमाण्ड अन्तर्गतका सबै सैनिक पुरुष छन्। उनले सैनिक प्रहरीमा र राष्ट्रसंघीय शान्ति स्थापकका रुपमा सुडानमा समेत काम गरीसकेकी छिन्।

  • नासरा अफ्रोज, सैनिक मेजर, बांग्लादेश

    नासरा अफ्रोज, सैनिक मेजर, बांग्लादेश

    मेजर नासरा अफ्रोज भन्छिन्, “मलाई बालककाल देखि नै अरुभन्दा भिन्न काम गर्ने इच्छा थियो त्यसैले उच्च शिक्षाको पढाई सकिने वित्तिकै सेनामा भर्ना खुलेकाले मैले यो पेशा रोजेकी हुं।“ उनी आफ्नो काम चुनौतीपूर्ण रहेको बताउंछिन् र भन्छिन्, “मैले मेरो देशको सेवा गर्ने अवसर पाएकी छु।“

  • स्वे जी क्वात, अन्त्यष्टी व्यवस्थापक, बर्मा

    स्वे जी क्वात, अन्त्यष्टी व्यवस्थापक, बर्मा

    स्वेजी क्वातको परोपकारी संस्थाले, मृतक आफन्तको अन्त्येष्टी गर्न नसक्ने विपन्नहरुलाई सघाउने गर्दछ। रंगुनमा यस्तो अन्त्येष्टी गरिदिने संस्था पहिलो हो र त्यस्तो संस्था संचालन गर्ने पहिलो महिला हुन् स्वे जी क्वात। स्थापनाको दश बर्षमा उनको परोपकारी संस्थाको आकारमा बृद्धि भएको छ भने त्यस्तै सेवा प्रदान गर्ने थुप्रै अन्य संस्थाहरु पनि खुलेका छन्।

  • स्वे जी क्वात, अन्त्यष्टी व्यवस्थापक, बर्मा

    स्वे जी क्वात, अन्त्यष्टी व्यवस्थापक, बर्मा

    स्वे जी क्वातका पति एकजना चर्चित फिल्म अभिनेता हुन् र दुवैजनाको बर्मामा ठूलो नाम छ। गत बर्ष तिनीहरु दुवैलाई राष्ट्रपतिले राजधानीमा बोलाएर सम्मान गरेका थिए। उनी भन्छिन्, “पहिले त अपरिचित मृतकहरुको पनि अन्त्येष्टी गरिदिने मेरो कामलाई मेरा साथी भाईले छि छि दुर दुर गर्थे तर अहिले मानिसहरुको सोचाइमा परिवर्तन भएको छ र थुप्रै मानिसहरु मेरो जस्तो कामलाई एकदमै राम्रो र पवित्र कार्य ठान्दछन् “

  • परमजीत कौर, नाइटक्लब बाउंसर, भारत

    परमजीत कौर, नाइटक्लब बाउंसर, भारत

    भारतको पंजाव प्रान्तमा जन्मेकी परमजीत कौर, चण्डीगढ शहरस्थित एउटा रात्रीकालिन मनोरंजन स्थल, नाइट क्लबमा काम गर्छिन्। उनी त्यहांको काभा नामक नाइटक्लबमा बाउन्सर हुन् जस्को काम नाइटक्लबमा हुलहुज्जत गर्ने र अनियन्त्रीत व्यवहार गर्ने महिला ग्राहकहरुलाई नियन्त्रण गरी शान्ति गरी मनोरञ्जक वातावरण खलबलिन नदिनु हो।

  • परमजीत कौर, नाइटक्लब बाउंसर, भारत

    परमजीत कौर, नाइटक्लब बाउंसर, भारत

    विशेषगरी बाउन्सरको काम ठूलो जीउडाल भएका पुरुषहरुले गर्ने गर्छन्, तर दुई बालबच्चाकी यि तीस बर्षिया आमा, परमजीत कौर, परिवारको आर्थिक अवस्थाका कारण आफू यो पेशामा लाग्न बाध्य भएको बताउंछन्। तर अहिले आफ्नो काम आफूलाई रमाइलो लागेको उनको अनुभव छ। उनी भन्छिन्, “आजको जमानामा महिलाले गर्न नसक्ने भन्ने कुनै काम छैन। कामका कारण नै मैले मेरो परिवारको हेरविचार गर्न सकेको छु र यसमा मलाई गर्व छ।“

  • सुभा, विस्फोटक हटाउने डीमाइनर, श्रीलंका

    सुभा, विस्फोटक हटाउने डीमाइनर, श्रीलंका

    धेरैजसो पुरुषहरुले मात्र गर्ने काममा ३२ बर्षिया सुबा अलि अमिल्दो कामदारका रुपमा देखिन्छीन्। उनी सन् २००९ सम्म पनि चरम द्वन्द्वको मारमा परेको उत्तरी श्रीलंकामा, जमीन मुनी विछ्याइएको विस्फोटक पदार्थहरु हटाउने, डीमाइनींग, को काम गर्ने एउटा निकायका लागि काम गर्छिन्। सरकारी सेना र तमिल टाइगर विद्रोहीहरुबीचको युद्धका क्रममा विस्थापीत हुन पुगेकी सुबा, पतिले छाडेर गएपछि आफ्ना तीनजना बच्चा र बुढा बाबुआमाको हेरविचार गर्नुपर्ने जीम्मेवारी एक्ले सम्हालेर बसेकी छिन्।

  • सुभा, विस्फोटक हटाउने डीमाइनर, श्रीलंका

    सुभा, विस्फोटक हटाउने डीमाइनर, श्रीलंका

    विगत सात महिनादेखि सुबा विस्फोटक पदार्थ हटाउने कडा परिश्रमको काममा लागेकी छिन्। उनी भन्छिन्, “धेरै जसो पुरुषहरुले मात्र गर्ने यो कामको सिलसिलामा मैले कुनै भेदभाव बेहोर्नु परेको छैन तर काम गाह्रो र खतरनाक छ।“

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।