नटाल्या, २६, रुस

नटाल्या रुस को कुनै ठाउँमा आफ्ना श्रीमान र छोरीसँग वस्छीन्। उनी सन् २००७ मा उनकै केटीसाथीले चिनाजानी गराएका एकजना व्यक्तीबाट बलात्कृत भएकी थिईन्। शुरुमा उनीहरु उनलाई भेटन उनकै अपार्टमेन्टमा आएका थिए जहाँ उनकी साथी गईसकेपछि उनी बलात्कृत भईन्। उनी बलात्कृत भईरहँदा बलात्कारीका दुईजना साथीले हेरिरहेका थिए। बलात्कारीमाथिको अभियोग पुष्टी भएको थियो र उसलाई पाँच वर्षको जेल सजाय पनि भयो। उ अहिले जेलमुक्त भईसकेको छ।

“त्यस्तो घटना पश्चात केहि महिला आफ्नो जीवननै अन्त्य गर्न चाहान्छन्, कोहि पीउन थाल्छन्। मैले दुवै गरे। पिएको बेला मैले विर्सन्थे। तर जव तपाई कम पीउनुहुन्छ तपाई फेरि पहिले जस्तै नराम्रो महसुस गर्नुहुनेछ। तपाईले आफू हराएको पाउनुहुन्छ र तपाईलाई लाग्छ कि भविष्यमा तपाईले कुनै केटा साथी पाउन सक्नुहुनेछैन जस्लाई माया र विवाह गर्न सकियोस्।

यस्तो घटना घटेको एक या दुई हप्तापछि एउटा भवनको छैटौं तलाबाट हाम्फालेर मर्ने प्रयास गरें। तर मेरा साथीहरुले मेरो स्थितीबारे थाहा पाए र मनोबिज्ञबाट कुनै सहयोग लिन आग्रह गरे। मलाई एक्लै छोड्न उनीहरु डराए। हामी सँगै मिलेर महिलाका लागि राखिएको एउटा हटलाईन नम्बरमा फोन गर्यौं। त्यसपछि आपतकालिन महिला सहयोग केन्द्रमा सम्पर्क गर्न हामीलाई भनियो। उनीहरुले मलाई प्रहरीमा उजुरी दिन सिफारिस गरे। तर मैले मेरा साथीको सहयोगमा त्यो केटालाई पत्ता लगाउने र त्यसलाई पिटेर चित्त बुझाउने बारेमा सोचें।

अन्त्यमा, हामी प्रहरी कार्यालय नजिकै रहेको अभियोजनकर्ताकहाँ पुग्यौं। त्यो सवैभन्दा प्रभावकारी उपाय हो भन्ने मलाई लाग्यो। उनीहरुले हाम्रो बारेमा तुरुन्तै कदम चाले। अभियोजनकर्ताले हामीलाई फेरि प्रहरीकोमा जान भने। आश्चर्यलाग्नेगरि प्रहरी कार्यालयमा मलाई राम्रो व्यवहार गरियो। र त्यहाँ मप्रति सबैको धारणा पाएं। मलाई महिला आपतकालिन सहयोग केन्द्रका एकजना मनोविज्ञको सहयोग मिलिरहेको थियो। उनी पूरै वयानका क्रममा मसँगै थिए।

सामान्यतया मलाई के भएको थियो भन्ने बारेमा म कुरा गर्दिनथें। मैले यस बारेमा सन् २००८ मा मात्र मेरी आमालाई बताएं। उनी कराईन र आफूलाई पनि त्यस्तै घटना भएको सुनाईन्। उनले मलाई सहयोग गरिन्। मेरा पतिलाई यसबारेमा थाहा छ। र मैले मसँगै फ्ल्याटमा बस्नेहरुलाई पनि यसबारेमा जानकारी गराएं।

मलाई के लाग्छ भने अधिकारीहरुले मेरो मुद्दामा मलाई सक्नेजति र अझै बढि सहयोग पनि गरे। मलाई थाहा छ कि रुसमा सवैले यस्तै सहयोग पाउँदैनन्। त्यो अर्थमा म भाग्यमानी हुँ। न्यायाधीशले मेरो परिस्थिति बुझेका थिए। अभियोजनकर्ता त साँच्चीकै महान व्यक्ती नै थिए। उनीहरु सबै पुरुष थिए। तर उनीहरुले मलाई सहयोग गरे। म एउटा जवान विर्द्यार्थी थिएँ, जस्ले आफैलाई एउटा खतरापूर्ण स्थितिमा पुराएकी थिएँ।

फैसला सुनाईएपछी मैले मेरो छातिमा बलियो विश्वास बढेको महसुस गरेँ। र म खुशीले चिच्याएँ। त्यसपछि अनुभूति गरें कि जीवन मेरालागि फेरि शुरु भएको छ। म मेरो जन्मथलोमा फर्किएं। मेरो हुनेवाला पतिलाई भेटें। विवाह गरें। त्यसपछि हामी कुनै नयाँ शहरमा गयौं जहाँ अहिले बस्छौं। मसँग एउटा छोरी छ। मेरो जीवन सफल छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।