द्वन्द्वको घाउ

पछिल्लोपल्ट अपडेट गरिएको: 09.03.13, 01:27 NST सम्मका समाचार

मिडिया प्लेयर

शान्ति संझौता सकिएको ६ बर्ष पछि द्वन्द्वबाट अत्यधिक प्रभावित मध्यपश्चिमका जनताको कथा, व्यथा तथा अपेक्षा समेटेर तयार पारिएको बीबीसी नेपाली सेवाको श्रृंखला

सुन्नुहोस्mp3

यो अडियो वा भिडियो बजाउन फ्ल्याश प्लेयरको सहि भर्शन चाहिन्छ

वैकल्पिक मिडिया प्लेयरमा बजाउनुहोस्

छोरा, छोरीका साथ तुलसी विक

रोल्पाकी तुलसी विकजस्ता हजारौ पीडितहरु अहिले पनि द्वन्द्वको घाउ बोकर बांची रहेका छन्

तत्कालिन विद्रोही नेकपा माओवादीद्वारा २०५२ साल फागुनमा शुरु गरिएको सशस्त्र द्वन्द्व दश वर्षछि एउटा बृहत् शान्ति संझौता गर्दै सम्पन्न भयो।

एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा झण्डै नेपालीहरुको ज्यान गएको थियो भने हजारौं अंगभंग भए, हजारौं विस्थापित भए, सैयौं बेपत्ता पारिए। देशले अरबौं रुपियां बराबरको आर्थिक क्षति ब्यहोर्नु पर्यो।

शान्ति संझौता सकिएको ६ बर्ष पुरा भैसक्दा पनि देशमा दीगो शान्ति र नयां संविधानको आशा पुरा हुनसकेको छैन।

हजारौं द्वन्द् पीडितहरुका अहिलपनि द्वन्द्वको पीडा बोकेर बांच्न वाध्य छन्।

यसै सिलसिलामा बीबीसी नेपाली सेवाका प्रड्युसर भगीरथ योगीले सशस्त्र द्वन्द्वबाट अत्यधिक प्रभावित मध्यपश्चिमको रोल्पा र दाङ जिल्लाको भ्रमण गरी स्थानीय जनता र द्वन्द् पीडितहरुसंग कुराकानी गरेका थिए।

उनले तयार गरेको “द्वन्द्वको घाउ” नामक यो श्रृंखला सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।