तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बौद्धमा एक भिक्षुबाट आत्मदाह

  • 6 अगस्ट 2013

काठमाण्डूको बौध्दनाथ स्तुपमा अगष्ट ६ तारीख मंगलबार एक तिब्बती शरणार्थीले आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्।

बौध्द स्तुप परिसरमा पुजा गर्न गएका ठानिएका ती व्यक्तिलाई तत्कालै त्यहाँ तैनाथ प्रहरीले उपचारको लागि अस्पताल पुर्‍याएका थिए।

तर शरिरको अधिकांश भाग नराम्ररी जलेका ३८ वर्षिय तिब्बती भिक्षु कर्मा निदोन् ग्यात्सोको काठमान्डू स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनले तिब्बतमा चिनीयाँ साशनको विरोधमा आत्मदाह गरेका हुन् वा आत्महत्या भन्ने कुरा खुलिनसेकेको प्रहरी प्रवक्ता नवराज सिलवालले बताएका छन्।

यस अघि पनि बौद्धमै दुई जना तिब्बती शरणार्थीले आत्मदाहको प्रयास गरेका थिए जसमध्ये जलेर एक जनाको जलेर मृत्यु भएको थियो।