तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डाक्टर सरस्वती पाध्ये

  • 19 अक्टोबर 2013

पाँच दशकदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर सरस्वती पाध्ये नेपालकै एकजना अग्रणी स्त्रीरोग विशेषज्ञ हुन्।

तर यो स्थानसम्म आइपुग्न उनले निकै उतारचढाव बेहोर्नुपर्‍यो।

२१ औं शताब्दीमा महिलाले बेहोर्नुपर्ने जोखिम, चुनौति तथा अवसरबारे अक्टोबर महिनाभर बीबीसीमा सय महिला नामक श्रृंखला प्रस्तुत हुँदै गर्दा हाम्री साथी विनिता दाहालले उनीसंग कुराकानी गरेकी थिइन्।

उनलाई पहिलो प्रश्न: तपाईंको पाँच दशकको व्यवसायिक अनुभव कस्तो रह्यो?