१०० महिला: आधा विश्वको आवाज
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

१०० महिला: आधा विश्वको आवाज

  • 21 अक्टोबर 2013

जब कुनै किशोरीले आफ्नो जीवन शुरु गर्छिन् उनको जीवन यात्रा कता डोरिन्छ?

के उनले समान उमेरका किशोरहरुले जस्तै अवसरहरु पाउंछिन्? के उनले बढी खतराहरुको सामना गर्नु पर्ला वा उही खाले संघर्षहरु गर्नु पर्ला?

महिलाले मतदान अधिकार जीतेको एकसय बर्ष भन्दा बढी भैसक्दा, थुप्रै समाजमा अहिले पनि पुरुषहरुकै बर्चस्व छ।

संसारभर लाखौं किशोरीहरुले आफ्नो विद्यालय शिक्षा पूरा गर्न सक्दैनन्।

र पश्चिमा जगतमा रहेका आफ्ना समवयीहरुले आफ्नो रोजाइ अनुसारको काम र योग्यताको सपना देख्‍न शुरु गर्ने बेला तिनीहरुले भने आमा बन्नु पर्छ।

तैपनि वर्तमानको विश्वमा पहिले भन्दा महिलाका लागि केहि उपयुक्त वातावरण छ।

मातृ स्वास्थ्यको अवस्था सुध्रंदो छ र शिक्षामा पहुंचको अवसर पनि।

तलबमा केहि बृद्धि भएको छ र महिलाहरु विश्वमा निर्णायक स्थानहरुमा पुगेका छन्।

बीबीसी विश्व सेवाले अक्टोबर महिनाभरी संसारका विभिन्न भागमा रहेका आजका महिलाका सामु दैनिकजसो उपस्थित अवसर, चुनौती र जोखिमका बारे अनलाइन, टिभी र रेडियोमा विशेष कार्यक्रमहरु प्रस्तुत गरिरहेकोछ।

बीबीसी नेपाली सेवाले पनि आआफ्नो क्षेत्रमा उपलब्धि हासिल गर्न सफल भएका केहि अग्रणी नेपाली महिलाहरुसंगको अन्तर्वार्ता श्रृंखला तयार पारेको छ।

सुन्न यहां क्लिक गर्नु होला।