तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ब्रिटेनमा आँधीद्वारा क्षति

  • 28 अक्टोबर 2013

ब्रिटेनमा आइतबार राती आएको एउटा शक्तिशाली आँधीले ईंगल्याण्डको दक्षिणी भाग तथा वेल्समा ठूलो क्षति पुराएको छ।

केही ठाउँहरुमा हुरीको बहाव एकसय पचास किलोमिटर प्रतिघन्टासम्म रेकर्ड गरिएको थियो।

रुख ढल्दा कम्तीमा दुई जनाको ज्यान गएको बताइएको छ।

हजारौं घरहरुमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

हवाइ, रेल तथा फेरि यातायात नराम्रोसंग प्रभावित भएका छन्।

मध्य लण्डनस्थित हवाइटहलमा मन्त्रिपरिषदको कार्यालयको छतमा एउटा क्रेन ढलेपछि उपप्रधानमन्त्री निक क्लेगले आफ्नो मासिक पत्रकार सम्मेलन स्थगित गरेका थिए।