नेल्सन मण्डेलाको स्मृति सभा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेल्सन मण्डेलाको शोक सभा (प्रत्यक्ष भिडियो)

दशौं हजार दक्षिण अफ्रिकीहरुले सोवेटोस्थित एफएनबी रंगशालाभित्र गीत गाउंदै र नाच्दै दिवंगत भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्मृतिमा आयोजीत समारोहमा सहभागी हुंदैछन्।

रंगशालामा प्रवेश पाउनका लागि थुप्रैले रातभरी प्रतिक्षा गरेका थिए।

संयुक्त राज्य अमेरिकादेखि लिएर क्युबासम्मका नेताहरु रंगशालामा उपस्थित छन्।

स्वर्गीय मण्डेलाको शवलाई बुधबारदेखि राजधानी प्रीटोरियामा ससम्मान सार्वजनिक अन्तिम दर्शनका लागि राखिनेछ।

र आइतबार उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।