तस्वीरमा भारतीय आम निर्वाचन

9 एप्रिल 2014 अन्तिम पटक अपडेट गरिएको समय 18:10 NST

तस्वीरमा भारतीय आम निर्वाचन
भारतको आम निर्वाचनको पहिलो चरणमा सोमबार असमको पांच र त्रिपुरामा त्रिपुरा पश्चिमका निर्वाचन क्षेत्रहरुमा मतदान भयो।
असमको तेजपुर, कालियाबोर, जेारहाट, डिब्रुगढ र लखीमपुरमा भएका मतदानको विवरण विद्युतिय मतदान यन्त्रमा सुरक्षित गरिएको छ।
मतदान अघि विद्युतिय मतदान यन्त्र, इभिएम, वितरण केन्द्रहरुमा भिडभाड थियो किनकी निर्वाचन अधिकारीहरु मतदानका लागि आवश्यक सामानहरु सहित आआफ्नो मतदान केन्द्रमा जान हतारोमा थिए।
मतदान अघि विद्युतिय मतदान यन्त्र, इभीएम,को परिक्षण गरिएको थियो, किनकी यसअघि असममा त्यस्तो यन्त्रको संचालनका बारे गुनासोहरु आएका थिए।
भारतमा निर्वाचनमा मतदानका लागि सबभन्दा पहिला १९९९ मा विद्युतिय मतदान यन्त्र, इभीएम, को प्रयोग भएको थियो। र सन् २००४ देखि सबै निर्वाचनमा यस्तो मतदान यन्त्रको प्रयोग हुंदै आएको छ।
भारतको दुर्गम स्थानमा रहेका मतदान केन्द्रहरुमा मतदान यन्त्र पुर्याउन हात्तीको पनि सहारा लिइएको थियो।
असमको तीनसुकियास्थित मतदान केन्द्रमा पुग्न निर्वाचन कर्मचारीहरुले डुंगाको यात्रा गर्नु परेको थियो।
विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भनिने भारतमा आरम्भ भएको आम निर्वाचनका निम्ति सुरक्षाको बलियो बन्दोबस्त गरिएको छ।
विभिन्न मुद्दा र घटनाहरुका कारण चर्चित भारतको आम निर्वाचनमा मतदान गर्नका लागि बालुवामा कलाकृति बनाउनमा ख्यातिप्राप्त कलाकार सुदर्शन पाठकले पनि आफ्नै ढंगले अपील गरेकाछन्।