जुम्लादेखि रारासम्म

पछिल्लोपल्ट अपडेट गरिएको: 01.05.14, 15:30 NST सम्मका समाचार

जु्म्लादेखि रारासम्म

  • कर्णाली अञ्चल सदरमुकाम जुम्लाबाट मुगुको रारा ताल तर्फको पैदल यात्रा प्रचलित विकल्प हो। तीन दिनसम्म अग्ला लेक, घना तर रमणीय जंगल, छरपस्ट बस्ती हुंदै रारा तर्फको यात्रा अघि बढ्छ। तस्बीरहरु: विनिता दाहाल, बीबीसी

  • जुम्लाबाट करिब दुइ घन्टा हिँडेपछि ठूलो घाँसे मैदान भएको चौरा गाउँ भेटिन्छ। त्यहाँ थोरै होटलहरु भेटिन्छ। ठूलो चौरमा घोडा, खच्चडहरु चरिरहेका हुन्छन्।

  • जुम्लाबाट हिँडेको रात बास बस्न खाली पुगिन्छ। चौरापछि बास बस्नको लागि खाली बाहेक अन्य विकल्प नभएकोले ट्रेकिंगमा निस्किएकाहरु त्यहीँ बास बस्नुपर्ने बाध्यता छ। त्यहाँ जेठसम्म यसैगरी हिउँ परिरहन्छ।

  • मुगुको रारा ताल पुग्न जुम्लाबाट करिब ३ दिन हिँड्नुपर्छ। जुम्लाबाट हिँडाइ सुरु गरेपछि ठाउँठाउँमा थोरै घरहरु भएको पातला बस्ती भेटिन्छन्। त्यस्ता बस्तीमा बाबुआमा घरको काममा ब्यस्त भएपछि साना नानीहरु आफ्ना भाइबहिनीको जिम्मा दिनभर यसैगरि पिठ्यूँमा बोकेर लिन्छन्।

  • जुम्ला सदरमुकाम खलंगादेखि मुगुको गम्गडीसम्म १ वर्षअघि बाटो खुलेको थियो। तर, त्यो बाटोमा सदरमुकामसम्म सामान ओसार्नको लागि ठूला ट्याक्टर र ट्रकमात्रै गुड्ने गर्छ। सानो चौडाको असजिलो बाटोमा ओहोरदोहोर गर्दा कतिपटक ती गाडीहरु दुर्घटनामा परि कतिपय चालकले ज्यानै समेत गुमाइसकेका छन्।

  • साँघुरा बाटोमा कहिले पहिरो जाने कहिले रुख ढल्ने त कहिले पानीले हिलो हुँदा ती बाटोमा तेर्सिएका अवरोध पन्छाउँदा करिब ९० किलोमिटरको बाटो छिचोल्न दुइ दिन लाग्छ।

  • मुगु जिल्लामा प्रत्येक महिना ५ गते चामलका लागि लामो लाम लाग्ने गर्छ। सात सय रुपैँयामा पाइने १५ किलो चामल लिन चार पाँच घन्टाको बाटो हिँडेर गाउँलेहरु सदरमुकाम आउँछन्।

  • विमानबाट रारा ताल जान चाहने पर्यटकका लागि नेपालगंजबाट ताल्चा पुग्नुपर्छ। यो वर्ष ताल्चा विमानस्थललाई कालोपत्रे गर्न बैशाख १ गतेदेखि असार दोस्रो सातासम्म विमान सेवा बन्द गरिएको छ।

  • ताल्चा बिमानबाट करिब तीन घन्टाको हिँडाइमा रारा ताल पुगिन्छ। बाटोमा यसरी साना केटाकेटीहरु भेडा, च्याङ्ग्रा चराउँदै गट्टा खेलिरहेको भेटिन्छन्।

  • मौसम परिवर्तन भएपिच्छे आफ्नो रंग परिवर्तन हुने रारा तालमा खुलेको दिन यसरी आकाशले पानीमा ऐेना हेरेजस्तो दुरुस्तै तैरिन्छ। यस्तो मौसमका लागि रारा असोज-कात्तिक र चैत बैशाखमा जान उपयुक्त हुन्छ।

  • रारा तालमा सुर्यास्तको समय हुन लाग्दा यसैगरि आकाशको प्रकाश रारामा तैरिँदा मोति टल्किएजस्तो देखिन्छ। एकैदिनमा राराले आफ्नो रंग अनेक रंगमा परिवर्तन गर्छ।

  • चैत बैशाखको मौसममा रारा पुग्दा वरपर यसरी आरुका फूलहरु फुलिरहेको देख्न पाइन्छ। कतै पहेँलो कतै सेतो त कतै रानी रंगमा फुलेका आरुका फूलहरु बिछट्ट राम्रा देखिन्छन्।

  • रारा तालको पूर्ण आकार हेर्न मुर्माटप उक्लने क्रममा बाटोमै पर्ने मुर्मा गाउँमा देखिएका एक बृद्ध। जुम्लादेखि मुगुसम्म यसरी सुल्पा पिउने बृद्धबृद्धाहरु थुप्रै भेटिन्छन्।

  • करिब ३ हजार मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा ठूलो ताल राराको पूर्ण आकार हेर्न त्यहाँबाट सात सय मिटर उचाइमा रहेको पश्चिमउत्तरमा रहेको मुर्माटपमा पुग्नुपर्छ। त्यहाँबाट रारा यस्तो देखिन्छ।

  • पूर्णिमाको उज्यालो रात रारा तालमा चन्द्रमा यसरी प्रतिविम्बित हुन्छ।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।