तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

"एजोला" झारबाट धानमा युरियाको प्रयोग घट्ने

  • 19 जनवरी 2015

एजोला नामक एक किसिमको उपयोगी झार धानका विरुवालाई चाहिने नाइट्रोजनको स्रोतको रुपमा प्रयोग गर्दा, अहिले धानमा भइरहेको युरियाको प्रयोग कम्तीमा २५ प्रतिशतले घटाउन सकिने हालै गरिएको एक अध्ययनले देखाएको छ।

नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरुले परिक्षणका रुपमा गत वर्ष सो अनुसन्धान शुरु गरेका थिए, जसको प्रारम्भिक नजिताले त्यस्तो देखाएको हो।

पानीमा निकै चाडो हुर्कने सो झारले हावाबाट नाइट्रोजन सोसेर राख्ने र धानको विरुवाले सो नाइट्रोजन प्राप्त गर्न सक्ने उनिहरुले बताए।

अनुसन्धानबाट उत्साहजनक नतिजा आएको भन्दै कृषि विभागका अधिकारीहरुले आगामी बर्ष सो प्रविधिलाई किसानसमक्ष पुर्याइने बताएका छन्।

हाम्रा विज्ञान संवाददाता रमेश भुसालको रिपोर्ट।