तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाघको संख्या दोब्बर तुल्याउन चुनौती

  • 13 फेब्रुअरी 2015

हालै प्रकाशित एक अनुसन्धानले अहिलेकै गतिमा बाघको संख्या बढ्ने तर वासस्थान र आहारा जनावरको संख्या नबढ्ने हो भने नेपालले बढ्दो बाघको संख्यालाई थेग्न नसक्ने देखाएको छ।

सन् २००९ मा बाघको संख्या सवा सय रहेकोमा सो बढेर गत वर्ष झण्डै दुई सय पुगेको सरकारी तथ्याकं छ भने सन् २०२२ मा त्यसलाई अढाई सय पुर्याउने लक्ष्य सरकारको छ।

अधिकारीहरु भने क्षेत्रफल बढाउने भन्दा पनि भएकै क्षेत्रको राम्रोसगं व्यवस्थापन गर्न सके ती सबै बाघका लागि वासस्थान पर्याप्त हुने बताउँछन्।

हाम्रा विज्ञान संवाददाता रमेश भुसालको रिपोर्ट सुनौ।