एउटा पुरातात्विक स्थल (फाइल फोटो)
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ताजिकिस्तानमा बुद्ध

  • 17 जुन 2016

भूपरिवेष्ठित मुलुक ताजिकिस्तान एउटा मुसलमान बहुल देश हो।

त्यहाँ राजधानी दुशान्बेको एउटा संग्रहालयमा १४०० वर्षभन्दा पनि पुरानो ठानिएको एक मूर्ति राखिएको छ।

सुतीरहेका बुद्धको सो मूर्ति विश्वभरिका बौद्ध धर्मावलम्वीहरु तथा पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

मध्य एसियामा इस्लाम धर्म पुग्नुभन्दा पनि अघि छैठौं शताब्दीमा बौद्ध धर्मको प्रभुत्व रहेका बेला सो मूर्ति बनाइएको हुनसक्ने अनुमान गरिएको छ।

माटोले बनेको सो मूर्ति ५० वर्षअघि रुसी पुरातत्वविद्हरुले दक्षिणी ताजिकिस्तानमा फेला पारेका थिए।

बीबीसी रिपोर्ट (भिडियो)