हिलरी-ट्रम्प बहस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिलरी-ट्रम्प बहस

  • 10 अक्टोबर 2016

सन् २००५ मा ट्रम्पले महिलाहरुलाई अश्लील शब्द प्रयोग गरेको र विवाहित महिलासँग यौनसम्बन्ध राख्न चाहेको भनी बताएको सम्बन्धी एउटा पुरानो अडियो गत सप्ताहन्तमा सार्वजनिक गरिएपछि त्यसले ठूलो होहल्ला मच्चाएको छ।

उनकी श्रीमति मेलानियाले पनि ट्रम्पको उक्त टिप्पणीको आलोचना गरेकी छन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार रहेकी हिलरीले ट्रम्पले महिलाहरुबारे गरेको अश्लील टिप्पणीले उनी राष्ट्रपति पदका लागि योग्य नभएको देखाएको बताइन्।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले चाहिँ हिलरीले विदेशमन्त्री हुँदा गोप्य इमेलहरु असुरक्षित ढंगले चलाएको भन्दै उनी जेलमा हुनुपर्ने बताए।

सेन्ट लुइसमा भएको बहसमा दर्शकले सोधेको प्रश्नमा ट्रम्प र हिलरीले जनस्वास्थ्य, मुसलमान र आप्रवासीबारे धारणा र सिरिया द्वन्द्वबारे वादविवाद गरेका थिए।

बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री