राष्ट्रपतिसँगको विशेष अन्तरवार्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जसरी नि चुनाव गर: राष्ट्रपति

  • 5 डिसेम्बर 2016

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै चुनाव नगराइए मुलुक अस्थिरतातर्फ धकेलिने चेतावनी दिएकी छन्। बीबीसीको 'हन्ड्रेड विमिन' अर्थात एक सय महिला श्रृंखला अन्तर्गत नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्ता उनले प्रादेशिक चुनावमा ढिलाई भएर असर नपर्ने भएपनि आमनिर्वाचन र स्थानीय निर्वाचन समयभित्रै गराउनुपर्ने बताइन्।