कायरोमा गिर्जाघरमा विष्फोट- कैयौंको मृत्यु

  • 11 डिसेम्बर 2016
कायरो विष्फोट तस्वीर कपीराइट AFP
Image caption सेन्ट मार्क्स कप्टिक कथेड्रल नजिकै विष्फोट भएको थियो

इजिप्टको राजधानी कायरो स्थित एक गिर्जाघर नजिकै भएको बम विष्फोटमा कम्तिमा २६ जना मारिएपछि राष्ट्रपति सिसीले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका छन्।

आक्रमणलाई जघन्य अपराध भन्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

आक्रमणमा परि तीस जना भन्दा बढि घाइते भएका छन्।

शनिबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो।

इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन्।

क्षति

वर्षौँ यताको यो नराम्रो आक्रमण भएको बताइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार मुख्य गिर्जाघर नजिकैको सेन्ट पीटर्स चर्चमा विष्फोटले असर पारेको छ।

फोटो र भिडियो दृष्यहरुमा गिर्जाघरको बाहिरी भागमा क्षति पुगेको देखाएको छ।

झ्यालहरु फुटेका थिए र छानो भत्केको थियो।

तस्वीर कपीराइट AP
Image caption विष्फोटका कारण गिर्जाघरको बाहिरी भागमा क्षति भएको थियो

विष्फोटको कारण प्रष्ट भइसकेको छैन।

निरिक्षण

विष्फोट स्थानीय समय अनुसार बिहान दश बजे भएको थियो। स्थानीय सञ्चार माध्यमका अनुसार कायरोका खालीद अबदेल अल निरिक्षणका लागि घटनास्थल पुगेका थिए।

सेन्ट मार्क्स कथेड्रल देशको अर्थोडक्स चर्चको मुख्यालय हो र पोप टावाड्रोस दोश्रोको बासस्थान पनि।

शनिबार पनि गीजा पीरामीड जाने मुख्य सडकमा भएको विष्फोटनमा परेर ६ जना प्रहरीको मृत्यु भएको थियो। प्रहरी जाँचकेन्द्रमा भएको उक्त आक्रमण कायरोमा ६ महिना यता भएको सबभन्दा घातक आक्रमण हो।

हालै गठित लडाकु समूह हाजमले आक्रमणको जिम्मेवारी लिएको छ।