यहुदी बस्तीलाई वैधता दिने इजरेली कानून

  • 7 फेब्रुअरी 2017
इजरेल तस्वीर कपीराइट Getty Images

जरेलको संसदले अधिनस्थ वेस्ट ब्यांकस्थित नीजि प्यालेस्टीनी जमीन कब्जा गरेको विषयलाई भूतप्रभावी रुपमा वैधनिकता दिने गरी एउटा विवादास्पद कानून पारित गरेको छ।

प्यालेस्टाइनका अधिकारीहरुले भने उक्त कानूनले चोरी गरिएको जमीनलाई वैधता दिएको र यसले राजनीतिक रुपमा समस्या समाधानको मौकालाई भत्काएको बताएका छन्।

इजरेलका विपक्षी दलका नेताहरुले यो कानून असंवैधानिक भएको भन्दै विरोध जनाएका छन्।

निन्दा

प्यालेस्टाइनका अधिकारीहरुले भने उक्त कानूनले चोरी गरिएको जमिनलाई वैधता दिएको भन्दै त्यसको निन्दा गरेका छन्।

राति अबेर भएको मतदानमा ६० जना सांसदले उक्त कानूनको पक्षमा मत हाले भने ५२ जनाले त्यसको विपक्षमा हाले।

उक्त कानूनले वेस्ट ब्यांकस्थित निजी प्यालेस्टीनी जमीनमा बनाइएका दर्जनौं बासस्थानलाई इजरेली कानून अन्तर्गत बैधता दिएको छ।

अन्तर्राष्ट्रिय कानून अन्तर्गत भने त्यसरी बसाइएको बस्ती गैरकानूनी हो तर इजरेलले त्यसमा असहमति जनाउने गर्छ।

प्यालेस्टीनीहरुले भनेका छन्, यो नयाँ कानूनले शान्ति स्थापना गर्ने र नयाँ राज्य बनाउने सम्भावनालाई न्यून पार्नेछ।

उक्त क्षेत्रका पहिलाका जग्गा धनीले क्षतिपूर्ती पाउने छन्।

तस्वीर कपीराइट AFP

असंवैधानिक

इजरेलका महान्यायाधिवक्ताले यो कानून संवैधानिक नभएको बताएका छन्।

जेरुसलेमबाट बीबीसी संवाददाता युलाण्डा नेलले भनिन्, "इजरेलका महान्यायाधिवक्ताले यो कानून संवैधानिक नभएको भन्दै त्यसको आफूले सर्वोच्च अदालतमा बचाउ नगर्ने बताएका छन्।"

यद्यपी पछिल्लो कानूनको अनुमोदन धेरै हदसम्म प्रतीकात्मक हो।

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहू भने लण्डनको भ्रमणबाट फर्कँदै गरेकोले उक्त कानून पारित गर्न गरिएको चुनावमा उनी सहभागी थिएनन्।

तर उनले आफूले वासिङ्टनलाई त्यसबारे जानकारी गराइसकेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बस्तीबारे पूर्ववर्ती अमेरिकी प्रशासनले भन्दा नरम नीति राख्दै आएका छन्।