लक्खीदेवी सुन्दाससंगको अन्तर्वार्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लक्खीदेवी सुन्दाससंग कुराकानी

  • 6 मार्च 2017

कोलकातामा जन्मेर भारत र नेपालमा पढेकी भएकी ८४ वर्षीया साहित्यकार लक्खीदेवी सुन्दास पूर्वीय र पाश्चात्य समालोचनाकी अध्येता मानिन्छिन्।

महिलाहरु कमै शिक्षित हुने गरेको समयमा दर्शनशास्त्र र नेपालीमा स्नातकोत्तर र त्यसपछि विद्यावारिधि समेत गरेकी सुन्दासले लामो समयसम्म दार्जिलिङस्थित कलेजमा प्राध्यापन गरेकी थिइन्।

साहित्यिक पत्रिका तथा संगठनहरुमा सकृय रहेर नेपाली भाषी साहित्यकारहरुबीच सेतु बनाउनमा योगदान दिएकी सुन्दासले कथा, कविता, नियात्रा, निबन्ध लगायत विभिन्न विधामा कलम चलाएकी छन्।

हालै पश्चिम बंगालको सिलिगुडीस्थित उनको निवासमा हाम्री कला संवाददाता सेवा भट्टराईले उनीसँग कुराकानी गरेकी थिइन्।