भारतमा अफ्रिकी विद्यार्थी कुटपिट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतको उत्तर प्रदेशमा अफ्रिकी विद्यार्थीमाथि भिडद्वारा कुटपिट

  • 30 मार्च 2017

भारतको उत्तर प्रदेश नोयडामा एक स्थानीय विद्यार्थीको शंकास्पद मृत्युपश्चात अफ्रिकी विद्यार्थीहरुमाथि हमला भए। स्थानीय बासिन्दाहरुले अफ्रिकीहरुले लागूऔषध बेचबिखन गरेको आरोप लगाएका छन्।

तर अफ्रिकी मूलका विद्यार्थीहरुले चाहिं ती आरोप अस्वीकार गरेका छन्। उनीहरुले यी हमला जातिय भावनाबाट प्रेरित भएको बताएका छन्।