रुसी सुरक्षाकर्मी ‘उच्च सतर्कतामा’

  • 4 एप्रिल 2017
पुटिन तस्वीर कपीराइट Reuters

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा मेट्रो रेल प्रणालीमा गराइएको विस्फोटनमा ११ जनाको ज्यान गएपछि रुसी सुरक्षा निकायहरुलाई उच्च सतर्कतामा राखिएको छ।

चालीस जना भन्दा बढी घाइते भएको उक्त घटनालाई रुसी अनुसन्धानकर्ताहरुले आतंकवादी आक्रमणका रुपमा लिइरहेका छन्।

सञ्चारमाध्यमहरुले सुरक्षा श्रोतलाई उदृत गर्दै मध्य एशियाका हमलाकारीले उक्त विस्फोटन गराएको हुनसक्ने जनाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार साँझ घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

शोक

सेन्ट पिटर्सवर्गका अधिकारीहरुले तीन दिने शोकको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो विस्फोटनलाई डरलाग्दो घटना भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई टेलिफोन गरी उनले समवेदना प्रकट गरेका थिए। दुवै नेताले आतंकवादसँग मिलेर लड्न सहमति जनाएको बताइएको छ।

युरोपेली संघकी विदेश मामिला प्रमुख फेडेरिका मोगेरिनिले रुसी जनताप्रति युरोपको सहानुभूती रहेको बताएकी छन्।

रुसी अनुसन्धानकर्ताहरुले उक्त आक्रमणलाई आतंकवादी कार्य भनेका छन् तर थप विवरण दिएका छैनन्।

तस्वीर कपीराइट AFP/GETTY IMAGES

कुनै पनि समूहले उक्त विस्फोटनको जिम्मेवारी लिएको छैन।

हमलाकारी

रुसको इन्टरफ्याक्स र तास समाचार संस्थाले सन्दिग्ध हमलाकारीको पहिचान भएको जनाएका छन्।

उक्त व्यक्ति २० /२२ वर्ष उमेरको भएको बताइएको छ तर उक्त हमला आत्मघाती आक्रमण थियो वा थिएन भन्नेबारे परस्पर विरोधी विवरणहरु आइरहेका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनर भन्छन् रुसी अधिकारीहरु कसैलाई अरोप लगाउनु अघि एकदमै सावधान देखिन्छन्।

उनका अनुसार रुसी सुरक्षा निकायका साथै उसको केजीबी भनिने गुप्तचर निकायसँग क्षमतावान अनुसन्धान अधिकारीहरु छन्।

तस्वीर कपीराइट AFP

उनीहरुले क्यामेराको फुटेज, विस्फोटन स्थलमा पाइएका सामाग्री र निष्क्रिय पारिएको अर्को विस्फोटक सामाग्रीलाई मिहिन ढङ्ले छानविन गर्नेछन्।

शंका

गार्डनरका अनुसार रुसी अधिकारीहरुको ध्यान दुईवटा सम्भावित समूहमाथि हुनेछ।

पहिलो, सिरियामा हालै भएका हवाई हमालाबाट आक्रोशित इस्लामिक स्टेटका जिहादीहरु र दोस्रोऽ चेचन राष्ट्रवादी वा संयुक्त रुपमा दुवै।

चेचन विद्रोही र अन्तराष्ट्रिय जिहादीहरुले रुसको यातायत सञ्जाल विशेष गरी मस्कोमा हमलाहरु गरेको इतिहास छ।

झण्डै ७ हजार रुसी नागरिकहरु उग्रवादी समूहमा भाग लिन सिरिया गएको ठानिन्छ र उनीहरु मध्ये केहि त स्वदेश फर्किएको पनि बताइन्छ।