सिरियामा अमेरिकाद्वारा क्षेप्यास्त्र हमला

  • 7 एप्रिल 2017
ट्रम्प तस्वीर कपीराइट Getty

अमेरिकी अधिकारीका अनुसार पचासभन्दा धेरै टोमाहक क्षेप्यास्त्र भूमध्यसागरमा रहेको अमेरिकी नौसैनिक युद्धपोतबाट प्रहार गरिएका छन्।

सम्वाददाताहरुसंग बोल्दै राष्ट्रपति ट्रम्पले उनले रासायनिक हमला गरिएको ठानिएको सिरियाली हवाई अखाडामा अमेरिकी सैन्य कारवाहीको आफूले आदेश दिएको बताए।

उनले भने, "रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरीत छ।"

सिरियाले अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ।

प्रहार

केही दिन अगाडि उत्तरी सिरियामा रासायनिक अस्त्रले हमला गर्न प्रयोग गरिएको भनिएको होम्स नगरमा रहेको सिरियाली हवाई अखाडालाई पनि क्षेप्यास्त्र प्रहारको निशाना बनाइएको बताइएको छ।

तस्वीर कपीराइट AFP

आक्रमणको केहि अघि रुसले सिरिया विरुद्धको अमेरिकी सैनिक कारबाहीले नकारात्मक परिणाम निम्त्याउने चेतावनी दिएको थियो।

राष्ट्रसंघका लागि रुसी दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे शुरुमा ध्यान दिनुपर्ने बताएका थिए।

फेरबदल

तस्वीर कपीराइट Reuters

यसअघि अमेरिकी अधिकारीहरुले सिरियामा गरिएको रासायानिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए।

अमेरिकी क्षेप्यास्त्रहरुले मंगलबार रासायनिक आक्रमणका लागि प्रयोग गरिएको भनिएको सेराहत स्थित हवाई अखडामा आक्रमण गरेको अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरिएको छ।

मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भावी दिनमा सिरियाली नेता बसर अल असदको सत्तामा कुनै भूमिका नहुने बताएका थिए।

उनको अभिव्यक्तिले नयाँ अमेरिकी प्रशासनको सिरिया नितीमा फेरबदल भएको संकेत गरेको थियो।