कहाँ बेपत्ता भए कर्णेल हबीब?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कहाँ बेपत्ता भए अवकाशप्राप्त पाकिस्तानी कर्णेल हबीब?

  • 18 एप्रिल 2017

झण्डै तीन वर्षअघि पाकिस्तानी सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबीब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन ओमान भएर काठमाण्डु आएलगत्तै भैरहवा विमानस्थलमा पुगेको अधिकारीहरुले जनाएका छन्।

भैरहवास्थित गौतम बुद्ध विमानस्थलवाट बाहिरिएपछिको उनको अवस्थाबारे भने हालसम्म कुनै संकेत फेला नपरेको अधिकारीहरु बताउँछन्।

पाकिस्तानी सन्चारमाध्यमहरुले सो घटनामा भारतीय गुप्तचर निकायको हात हुनसक्ने आरोप लगाएका छन्।

तर भारतको परराष्ट्र मन्त्रालयका एकजना प्रवक्ताले सो घटनाबारे आफुलाई केही थाहा नभएको बताए।

भारत तथा पाकिस्तानबीच तनाव बढाइदिएको सो घटनाबारे बीबीसी संवाददाता शकील अख्तरको रिपोर्ट ।