नाइजेरियाका गुप्तचर प्रमुख निलम्बित

  • 19 एप्रिल 2017
तस्वीर कपीराइट Buhari Twitter

नाइजेरियाका गुप्तचर प्रमुखलाई लेगोसस्थित उनको घरबाट चार करोड डलर नगद फेला परेपछि पदबाट निलम्बन गरिएको छ।

राष्ट्रपति मोहमदु बुहारीले देशका गुप्तचर प्रमुखलाई एउटा अनुसन्धानको निष्कर्ष नआउन्जेलसम्मका लागि पदबाट हटाइएको बताएका छन्।

बीबीसीका लेगोसस्थित सम्बाददाता मार्टिन पेसेन्स भन्छन्, "भ्रष्टाचारको चरम समस्या भोगिरहेको नाइजेरिया जस्तो देशमा समेत यो पछिल्लो प्रकरणले धेरैलाई अचम्भित तुल्याएको थियो।"

करोडौं डलर बराबरको नगद गुप्तचर प्रमुखको एउटा घरका कोठाहरुमा फाइलिंग क्याबिनेट र लुगा राख्‍ने दराजहरुमा लुकाएर राखिएको थियो।

दराज

त्यसपछि यो समग्र प्रकरणमा देखिएको एउटा नयाँ मोडका रुपमा ती गुप्तचर प्रमुख आयो ओकेले उक्त रकम आफ्नो संगठनको भएको र त्यस्को प्रयोग गोप्य जासुसी कारबाही गरिन लागेको दावी गरे।

तस्वीर कपीराइट .

आदेश

अब राष्ट्रपति मोहमदु बुहारीले देशको गुप्तचर निकायसँग त्यत्रो रकम कसरी आयो र यो समग्र प्रकरणमा गैरकानुनी काम भएको छ कि छैन भनेर यकिन गर्न दुई हप्ते अनुसन्धानको आदेश पनि दिएका छन्।

राष्ट्रपति बुहारीले भ्रष्टाचारविरोधी नारा र कार्यक्रमका साथ दुई वर्षअघि चुनावमा जीत हासिल गरेका थिए।

तर भ्रष्टाचारका कतिपय उच्चस्तरीय घटनाहरु सार्वजनिक भएको भएतापनि यस क्रममा एकजना पनि वरिष्ठ सरकारी अधिकारी भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छैनन्।