‘पाँच तराई केन्द्रित दलबीच एकता हुँदै’

  • 20 एप्रिल 2017
मोर्चा
Image caption मोर्चामा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठकले एकीकरणको खाकाबारे टुङ्गो लगाएको बताइन्छ। (तस्वीर: मनिष सुमन)

यथास्थितिमा स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध पाँच दलबिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन्।

बुधवार अबरेसम्म पार्टी एकतासम्बन्धी बैठक गरी नेताहरुले नयाँ पार्टीको नाम र नेतृत्व प्रणालीबारे सहमति जुटाएको बताइएको छ।

मोर्चाका नेताहरुले बिहीबार दिउँसो नयाँ पार्टी स्थापनाको घोषणा गर्ने एउटा प्रमुख घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बीबीसीलाई बताए।

एकता प्रक्रियाले तराईमा आफ्नो शक्ति थप विस्तार हुने उक्त प्रक्रियामा भाग लिन लागेका नेताहरुले विश्वास गरेका छन्।

एकता

बुधवार राति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठकले एकीकरणको खाकाबारे टुङ्गो लगाएको मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष यादवले बताए।

उनका अनुसार महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रीक पार्टी, राजेन्द्र महत्तोले नेतृत्व गरेको सद्भावना पार्टी, महेन्द्र राय यादवको नेतृत्वमा रहेको तराई मधेश सद्भभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकलाई मिलाएर नयाँ पार्टी बनाउने सहमति भएको हो।

यादवले भने, "हामी आज एकीकरणको घोषणा गर्न लागिरहेका छौँ, नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी हुनेछ, हामीले सामूहिक नेतृत्व प्रणाली विकास गरेका छौँ, सबै पार्टीका नेता अध्यक्षमण्डलीमा बराबर हैसियतमा रहनेछन्।"

एकता प्रक्रियामा सहभागी भनिएको एउटा प्रमुख घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पछिल्लो प्रयासलाई सबै तराई केन्द्रत दललाई एक ठाउँमा ल्याउने कदमका रुपमा व्याख्या गरे।

उनले भने, "एकता गर्नुपर्छ भन्ने मनस्थितिमा हामी पुगेका छौँ, पार्टी घोषणा गर्ने सहमति कुनै पनि बेला हुनसक्छ।"

जिम्मेवारी

सद्भावना पार्टीका महासचिव मनिष सुमनले शीर्ष नेताहरुले पालैपालो नयाँ पार्टीको नेतृत्व लिने र शुरुमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी नेतृत्वको जिम्मेवारी दिइएको बताए।

उनका अनुसार एकीकृत पार्टीको महाधिवेशन छिट्टै गर्ने र त्यो नहुन्जेल प्रत्येक पार्टीमा पदाधिकारीको पदमा रहेका नेताहरुई नयाँ पार्टीमा पनि त्यहि जिम्मेवारी दिने सहमति भएको छ।

सुमनका अनुसार अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीलाई पनि पछिल्लो एकता प्रक्रियामा सहभागी गराउने विषयमा शीर्ष नेताहरु बिच कुराकानी चलिरहेको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम अहिलेको एकता प्रकियामा सहभागी छैन।

उक्त दलले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरणको वार्ता गरिरहेको