उपप्रम तथा गृहमन्त्री निधिद्वारा राजीनामा

  • 30 एप्रिल 2017
निधि तस्वीर कपीराइट Nidhi's facebook

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको पत्रमा उनले आइतबारबाटै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।

राजीनामाको कारण नखुलाइएको पत्रमा निधिले भनेका छन्, "संविधान संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा म पूर्ववत सक्रिय रहनेछु।"

अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासँगको मर्यादाक्रमलाई लिएर उनी असन्तुष्ट रहँदै आएका थिए।

विवाद

थापाले पद सम्हाल्नुअघि नेपाली कांग्रेसको तर्फबाट पार्टीको तर्फबाट नेतृत्व गरेका मन्त्रिपरिषद्‍मा निधि प्रधानमन्त्रीपछि दोस्रो मर्यादाक्रममा थिए।

मर्यादाक्रम विवादलाई लिएर केही समयसम्म निधि मन्त्रिपरिषद् बैठकमा अनुस्पथित हुने गरेको बताइन्छ।

तर त्यसको केही हप्तापछि उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन थालेका थिए।