सेरेब्रल पाल्सी भएकी बाल चित्रकार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चिली विलक्षण प्रतिभा भएकी कलाकार हुन्

  • 3 मे 2017

समय अगावै जन्मेर क्याम्बोडियाको एउटा अस्पतालको भर्यांगमा त्यतिकै छाडिएको अवस्थामा फेला परेकी चिली ग्र्यान्ट वेदेरिलीलाई सेरेब्रल पाल्सी भनिने एक प्रकारको शारिरिक समस्या छ। उनी पटक्कै कान सुन्न सक्दिनन्। उनलाई धर्मपुत्री बनाएका उनका अभिभावकहरुको माया र सहयोगबाट हाल सोह्र बर्षकी चिली ब्रिटेनमा बस्छिन् र ठूला चुनौतीहरुलाई पार गरेकी छन्।

डाक्टरहरुले कुनै समय उनलाई बस्न, उभिन, हिंड्न र आफै खानेकुरा खान निकै नै समस्या पर्ने अनुमान गरेका थिए। पेन्टिंग गर्नसक्ने कुरा त परै जाओस्। तर अहिले एकजना प्रतिभाशाली चित्रकारका रुपमा चिलीले अन्तर्राष्ट्रिय ख्याति कमाइरहेकी छन्।