प्रिन्स फिलिपद्वारा जिम्मेवारी परित्याग

  • 4 मे 2017
राजकुमार फिलिप तस्वीर कपीराइट Getty Images

ब्रिटेनमा महारानी एलिजबेथ द्वीतियाका श्रीमान ड्यूक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी वहन नगर्ने बकिंघम राजदरबारले घोषणा गरेको छ।

एउटा वक्तव्य जारी गर्दै बकिंघम दरबारले भनेको छ, त्यो उनको आफ्नै निर्णय हो र आफ्नो श्रीमानको सो निर्णयप्रति महारानी एलिजबेथको पूर्ण समर्थन रहेको छ।

वक्तव्यका अनुसार उनले यसअघि नै निर्धारण भएका जिम्मेवारीहरु भने पूरा गर्नेछन् तर नयां आमन्त्रणहरु भने स्वीकार गर्नेछैनन्।

यद्यपि पछि पनि बेलाबखत उनले अवस्था हेरि केहि सार्वजनिक समारोहहरुमा सहभागिता जनाउन सक्नेछन्।

ड्यूक अफ एडिनबरा आगामी महिना ९६ बर्ष पुग्दैछन्।

तस्वीर कपीराइट AFP/GETTY

सम्बद्धता

उनी विभिन्न ७८० वटा भन्दा बढी संघसंस्थाहरुमा संरक्षक, अध्यक्ष अथवा सदस्यका हैसियतले सम्बद्ध छन् र त्यस्तो सम्बद्धता निरन्तर नै रहनेछ।

बकिंघम दरबारका अनुसार महारानी एलिजबेथले औपचारिक जिम्मेवारीका सम्पूर्ण कार्यक्रमहरुमा सहभागिता जनाउने कार्यलाई भने निरन्तरता दिनेछिन्।