सार्वजनिक जीवनबाट विदा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सार्वजनिक जीवनबाट विदा

  • 4 मे 2017

ब्रिटेनमा महारानी एलिजबेथ द्वीतियाका पति ड्यूक अफ एडिनबरा, राजकुमार फिलिप, ले आउँदो अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी वहन नगर्ने बकिंघम राजदरबारले घोषणा गरेको छ।

एउटा वक्तव्य जारी गर्दै बकिंघम दरबारले भनेको छ त्यो उनको आफ्नै निर्णय हो र आफ्नो श्रीमानको सो निर्णयप्रति महारानी एलिजबेथको पूर्ण समर्थन रहेको छ।

वक्तव्यका अनुसार उनले यसअघि नै निर्धारण भएका जिम्मेवारीहरु भने पूरा गर्नेछन् तर नयां आमन्त्रणहरु भने स्वीकार गर्नेछैनन्।

यद्यपि पछि पनि बेलाबखत उनले अवस्था हेरी केही सार्वजनिक समारोहहरुमा सहभागिता जनाउन सक्नेछन्।

ड्यूक अफ एडिनबरा आगामी महिना ९६ वर्ष पुग्दैछन्।

बीबीसी रिपोर्ट (भिडियो)