'सगरमाथा आरोही शेरचनको मृत्यु'

  • 6 मे 2017
आरोहण

सगरमाथा आरोही मीनबहादुर शेरचनको शनिबार साँझ सगरमाथा आधार शिविरमा मृत्यु भएको छ।

८६ वर्षीय शेरचन पश्चिम नेपालको म्याग्दी जिल्लाका थिए।

उनको मृत्य भएको पुष्टि गर्दै पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने, "सगरमाथा आधार शिविरमा शनिबार साँझ ५ बजेर १४ मिनेटमा मीनबहादुर शेरचनको मृत्यु भएको हामीले खबर पाएका छौँ।"

उनको मृत्युबारे थप विवरण आउन बाँकी रहेको भट्टराईले बताए।

१३ दिनअघि उनी आरोहणका लागि सगरमाथातर्फ लागेको बताइएको छ।

कीर्तिमान

१० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा चढेर त्यतिबेला शेरचनले विश्व कीर्तिमान रचेका थिए।

समिट नेपाल ट्रेक एण्ड एक्सपिडिशन टोलीमा सहभागी भई आरोहरणका लागि आधारशिविरमा रहेकै बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नो कीर्तिमान तोडिएपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका थिए।

यसअघि सन् २००१३ र २०१५ मा आरोहणका लागि गएपनि हिमपहिरो र भूकम्पका कारण उनी त्यसै फर्किएका थिए।

शेरचन पूर्व गोरखा सैनिक पनि थिए।