‘एलईडी बल्ब खरिदमा अनियमितता भएको छैन’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘एलईडी बल्ब खरिदमा अनियमितता भएको छैन’

  • 9 मे 2017

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले भारतबाट किन्न लागेको मूल्यमा एलईडी बल्ब नेपालमा उपलब्ध गराउन व्यवसायीहरुलाई चुनौती दिएका छन्।

उनले व्यवसायीहरुले भारतबाट ल्याउन लागिएको मूल्यमा नेपालमा उक्त चीम उपलब्ध गराए विद्युत प्राधिकरणले आफ्ना शाखाहरुमार्फत विक्रीका लागि उनीहरुलाई सघाउने प्रतिबद्धता जनाए।

सरकारी स्तरबाट भएको सहमति अनुसार भारतीय कम्पनीबाट खरिद गर्न लागिएको उक्त बल्ब प्राधिकरणले आफ्ना ग्राहकलाई बेच्ने बताइएको छ।

खरिद

भारतबाट खरिद गर्न लागिएका भनिएका चिम भारतीय बजार मूल्य भन्दा निकै महङ्गो मा किन्न लागिएको चर्चा सार्वजनिक भएका छन्।

६० रुपैयाँमा बजारमा पाउने एलइडी चिम १०४ रुपैयाँमा खरिद गर्न लागिएको भन्ने खबरहरु बाहिर आएपछि विवाद उत्पन्न भएको छ।

घिसिङले अहिले नेपालमा ती चिमहरुको मूल्य ३५० देखि ४०० रुपैयाँ परिरहेको र सरकारी स्तरबाट सम्झौता गरी बल्ब खरिद गर्दा नेपाली उपभोक्ताले झण्डै १ सय ३५ रुपैयाँमा उक्त बल्ब खरिद गर्न सक्ने बताए।

तत्कालै खरिद गरेर ल्याउँदा आगामी सुख्खा याममा लोडसेडिङ रोक्न सहयोग पुर्याउने भएकाले छोटो प्रक्रिया अनुसार बल्बहरु खरिद गर्न लागिएको उनको भनाइ छ।