लुम्बिनीमा प्रदूषण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लुम्बिनीमा प्रदूषण

  • 11 मे 2017

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा संसारभरिबाट मानिसहरु प्रार्थना गर्न आउँछन्।

आत्मिक शान्तिका लागि यो स्थल अत्यन्तै उपयुक्त भएपनि स्वास्थ्यकालागि भने त्यति ठीक छैन।

भारतबाट प्रदूषित हावा यहाँ आइपुग्ने भएकाले यो पवित्र स्थल प्रदूषित बनेको छ।

साथै नजीकै औद्योगिक क्षेत्र पनि छ।

नियम अनुसार उद्योगधन्दाहरु कम्तीमा १५ किलोमिटर टाढा हुनुपर्छ। तर केही उद्योगहरु त सरकारी नियमको अवज्ञा गर्दै केवल आठ किलोमिटर पर पनि सन्चालनमा रहेका छन्।

लुम्बिनीतिर वायु बहँदा यहाँ प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेकेा भन्दा दशगुना भन्दा पनि बढी हुन्छ।

प्रदूषण स्तर घटाउन सरकारले तत्काल कदम चाल्नुपर्ने वातावरणविद्हरु बताउँछन्।

बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिं खडकाको रिपोर्ट (भिडियो)