फ्रान्सका नयाँ राष्ट्रपतिद्वारा शपथ ग्रहण

  • 14 मे 2017
तस्वीर कपीराइट AFP
Image caption शपथ ग्रहण लगत्तै माक्रों प्यारिसस्थित एलीसी प्यालेस भनिने राष्ट्रपति निवासमा सरेका छन्।

राष्ट्रपतीय चुनावमा विजयी भएको एक सातापछि फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण लगत्तै उनी प्यारिसस्थित एलीसी प्यालेस भनिने राष्ट्रपति निवासमा सरेका छन्।

शपथ ग्रहणपछि सम्बोधन गर्दै माक्रोंले फ्रान्सको भविष्यप्रति आफूले जनताको विश्वास पुनः फर्काउने बताए।

सोमबार उनले नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

हस्तान्तरण

शपथ ग्रहणपछि माक्रोंलाई उनका पूर्ववर्ती राष्ट्रपति फ्रांस्वा ओलान्दले फ्रान्सको परमाणु अस्त्रको कोड औपचारिक रुपमा हस्तान्तरण गरेका थिए।

माक्रों फ्रान्सका सबैभन्दा कान्छो उमेरका राष्ट्रपति हुन्।

उनले देशको राजनीतिक अवस्थालाई बदल्दै अर्थतन्त्रलाई नयाँ ढंगले ऊर्जाशील बनाउने प्रतिज्ञा गरेका छन्।

तर माक्रोंको योजना सफल तुल्याउन उनको दल 'रिपब्लिक अन द मुभ'ले अर्को महिना हुने संसदीय चुनावमा जित हासिल गर्नुपर्नेछ।