सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

  • 14 मे 2017

दोलखामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि गोली चलाउनुपरेको बीबीसीलाई बताए।

दोलखाको मेलुङ गाउँपालिकाको पवटीस्थित सत्यश्वर माध्यामिक विद्यालय मतदान केन्द्रमा उक्त घटना भएको हो।

अन्य कैयौं घाइते भएको बताइएको छ।

विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हाम्री संवाददाता निराशी थामीका अनुसार घटना भएको केन्द्र र तामाकोशी गाउँपालिकाको शहरेस्थित जनजागृति माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ।