विद्रोही सैनिक र सरकारबीच सहमति

  • 16 मे 2017
सहमति तस्वीर कपीराइट AFP

अफ्रिकी मुलुक आइभोरी कोस्टमा विद्रोहमा उत्रिएका सैनिकहरु विद्रोह अन्त्य गर्न सरकारसँग सहमत भएका छन्।

सरकारले उनीहरुलाई बोनसस्वरुप तत्काल ८० हजारभन्दा बढी डलर दिने जानकारी गराएको छ।

थप रकम जुन महिनाको अन्त्यसम्म सेनालाई दिइने बताइएको छ।

यसअघि सोमबार राति उनीहरुले सरकारको उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

लडाइँ

गत शुक्रबारदेखि शहरका सडकहरुमा अवरोध खडा गरी सेनाले हवाई फायर गर्दै आएका थिए।

तस्वीर कपीराइट AFP

दोस्रो ठूलो शहर बुआकेमाथि विद्रोही सैनिकले नियन्त्रण गर्ने क्रममा एकजना मारिएका थिए।

बीबीसीका एकजना संवाददाताका अनुसार मुख्य शहरहरुमा विद्रोही सैनिकहरुले स्थानीउबासिन्दालाई आंतकित तुल्याउँदै आएका छन्।

पदच्युत गरिएका पूर्व राष्ट्रपति अलासान वाटारालाई सत्तामा फर्काउन लडाइँ गरेका सैनिकहरुमध्येका उनीहरु हुन्।

समायोजन

राष्ट्रिय सेनामा समायोजन हुनुअघि उनीहरुले विद्रोह गरेका थिए।

आइभोरी कोस्टका २२, ००० हजार सेनामध्ये उनीहरुको संख्या झण्डै साढे आठ हजार छ।

नगद र बोनस दिने पूर्व सहमति खारेज गरिएपछि उनीहरुले पछिल्लो चरणको विरोध शुरु गरेका थिए।

सैन्य विद्रोहले सन् २०११ मा आइभोरी कोस्टमा अन्त्य भएको गृहयुद्ध फेरि शुरु हुने त्रास उत्पन्न गराएको थियो।