कायमै छ छाउपडी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कायमै छ छाउपडी

  • 18 मे 2017

झण्डै १२ वर्ष अघि सुदूर पश्चिम नेपालको बझाङ जिल्लालाई छाउपडी मुक्त जिल्ला घोषणा गरिएको थियो।

तर व्यवहारमा भने त्यो अझै छँदैछ।

खासगरी बुढापाका मानिसहरुमा अझै पनि महिनावारी भएका महिलाहरुसंग छोइनु हुँदैन भन्ने धारणा कायमै छ।

अधिकारीहरु पनि महिनावारी हुँदा बाहिर छाउ गोठमै बस्नुपर्ने प्रचलन अलि कम भएको बताउँछन्।

त्यसो त बझाङमा शिक्षा संगसंगै जनचेतना पनि बढेर गएको छ।

तर छाउपडी जस्ता प्रथा अन्त्य गर्न भने समुदायको धारणामै परिवर्तन ल्याउन अत्यावश्यक देखिन्छ।

बीबीसी रिपोर्ट (भिडियो)