पूर्व एफबीआई प्रमुख अनुसन्धान संयोजक

  • 18 मे 2017
जेम्स कोमीको साथमा रोबर्ट मुलर (दायाँ) तस्वीर कपीराइट Reuters
Image caption हालै बर्खास्त गरिएका एफबीआई प्रमुख जेम्स कोमीको साथमा रोबर्ट मुलर (दायाँ); कोमीको बर्खासीपछि रुसी हस्तक्षेपबारे अुनसन्धान हुनु पर्ने आवाज झनै चर्किएका थिए

गत वर्षको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धानको नेतृत्वको जिम्मेवारी पूर्व एफबीआई प्रमुख मुलरलाई दिइएपछि सो कदमको अमेरिकी कंग्रेसको दुबै पक्षका सदस्यहरुलेस्वागत गरेका छन्।

राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्न अमेरिकी कानुन मन्त्रालयमाथि तीव्र दबाब परेपछि पछिल्लो नियुक्ति गरिएको हो।

कंग्रेसका दुबै पक्षले पछिल्लो नियुक्तिको स्वागत गरेको भएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले त्यसप्रति गुनासो गरेका छन्।

ट्रंपले ट्वीटरमार्फत पछिल्लो परिस्थिती "कुनै राजनीतिज्ञविरुद्ध अमेरिकी इतिहासकै एकमात्र सबभन्दा ठूलो 'विच हन्ट (नराम्रो प्रयास)' हो," भनी लेखेका छन्।

उनले आफ्नी प्रतिद्वन्दवी हिलरी क्लीन्टन र पूर्व राष्ट्रपति बराक ओबामामाथि पनि यस्तै खाले अनुसन्धान किन गरिएन भन्ने प्रश्न गरेका छन्।