मविरुद्ध इतिहाँसकै 'नराम्रो खेल': ट्रंप

  • 18 मे 2017
तस्वीर कपीराइट Reuters
Image caption हालै बर्खास्त गरिएका एफबीआई प्रमुख जेम्स कोमीको साथमा रोबर्ट मुलर (दायाँ); कोमीको बर्खासीपछि रुसी हस्तक्षेपबारे अुनसन्धान हुनु पर्ने आवाज झनै चर्किएका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले आफूविरुद्ध इतिहाँसकै सबैभन्दा नराम्रो खेल खेलिंदै गरिएको बताएका छन्।

गत वर्षको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान अघि बढाउने निर्णयको अमेरिकी कंग्रेसको दुबै पक्षका सदस्यहरुले स्वागत गरेलगत्तै ट्रंपले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरलाई गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। सो कदमको कंग्रेस सदस्यहरुले स्वागत गरिसकेका छन्।

ट्रंपले ट्वीटरमार्फत पछिल्लो परिस्थिती "कुनैं राजनीतिज्ञविरुद्ध अमेरिकी इतिहाँसकै एकमात्र सबभन्दा ठूलो 'विच हन्ट (नराम्रो प्रयास)' हो," भनी लेखेका छन्।

उनले आफ्नी प्रतिद्वन्दवी हीलरी क्लीन्टन र पूर्व राष्ट्रपति बराक ओबामामाथि पनि यस्तै खाले अनुसन्धान किन गरिएन भन्ने प्रश्न गरेका छन्।