‘गत वर्ष ३ करोड १० लाख मानिस विस्थापित’

  • 22 मे 2017
मानिस तस्वीर कपीराइट AFP

सशस्त्र द्वन्द्व र प्राकृतिक प्रकोपका कारण गत वर्ष ३ करोड १० लाख मानिसहरु आफ्नो घरबार छाडेर अन्यत्र जान बाध्य भएको एउटा नयाँ अध्ययनले देखाएको छ।

नर्वेली शरणार्थी परिषद् र आन्तरिक विस्थापन अनुगमन केन्द्रले गरेको सर्वेक्षणले आन्तरिक रुपमा विस्थापित (आफ्नै देशमा घरबारविहीन) हुनेहरुको संख्या शरणार्थीहरुको भन्दा दुई गुणा बढी भएको देखाएको छ।

उक्त अध्ययनले मुख्य रुपमा सहारा क्षेत्र वरपरका र मध्यपूर्वी मुलुकका झण्डै ७० लाख मानिसहरु विस्थापित भएको जनाएको छ।

सो अध्ययन प्रतिवेदनले मानिसहरुले आफ्नो घरबार छोड्नुअघि उनीहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति थप कदमहरु चाल्न अन्तर्राष्ट्रिय समुदायलाई अपील समेत गरेको छ।