ब्रिटेनको म्यानचेष्टरमा विष्फोट

  • 23 मे 2017
म्यानचेष्टर तस्वीर कपीराइट PA

ब्रिटेनको म्यानचेष्टर शहरको एक एरेना ग्राण्डमा भएको विष्फोटपश्चात केही हताहती भएको त्यहाँको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरुले एक अमेरिकी गायकको प्रस्तुती पश्चात भएको उक्त घटनापछि त्यहाँ मानिसहरु आत्तिएका थिए।

म्यानचेष्टरको मध्येमा हाल सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ। प्रहरीले उक्त ठाउँलाई घेरामा राखेको छ।

घटनाको विस्तृत विवरण अझै प्राप्त भएका छैनन्।