नयाँ संरचनामा जेठमा चुनाव गर्न सकिन्न

  • 25 मे 2017
नयाँ चुनाव
Image caption निर्वाचन आयोगले नयाँ थपिएका संरचना अनुसार जेठ ३१ मा चुनाव गर्न नसक्ने बताएको छ

निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानिय तहहरुमा तोकिएकै मितिमा निर्वाचन गर्न नसकिने निर्णय गरेको छ।

यस अघिकै स्थानीय तह अनुसार निर्वाचनको वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय पनि आयोगले गरेको छ।

आयोगले एक बिज्ञप्ती जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरि व्यवस्था मिलाउन नसकिने जनाएको छ।

नयाँ संरचना

त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्ने अवस्था नरहेको समेत आयोगले जनाएको छ।

मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयबाट नयाँ संरचनाको विवरण आयोगले हाल सम्म नपाएको जनाएको छ।

दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले दुई महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो।